• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीति बुझ्ने पुस्ताको चिन्ता : अहिलेको अवस्था देख्दा मन रुन्छ

64x64
धनु विश्वकर्मा बुधबार, भदौ २, २०७८  १०:५४
1140x725

काठमाडौं- नेपालका ठूलठूला राजनीतिक परिवर्तनमा युवाको योगदान अग्रणी छ। जहाँनियाँ राणा शासनदेखि, बहुदल, गणतन्त्र हुँदै अरु थुप्रै आन्दोलनको अग्रपंक्तिमा युवा थिए। तर, राजनीतिको केन्द्रमा युवा पुस्ता पुग्न सहज छैन। नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने बहस चल्छ तर, कार्यान्वयन भइरहेको हुँदैन। पछिल्ला दिनहरुमा पनि विभिन्न पार्टीभित्र पुस्तान्तरणको चर्चा चलेको छ।

पार्टीभित्र उही नेतृत्व र उस्तै प्रवृत्ति हावी हुँदै जाँदा आमयुवामा भने राजनीतिप्रति नै अरुचि सिर्जना भइरहेको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा फार्मेसी अध्ययन गरिरहेका छन्, दीपेश उपाध्याय। तर, उनी वर्तमान राजनीतिको माहोलप्रति कत्ति पनि खुसी छैनन्।

उनलाई लाग्छ- मेरो मात्रै होइन, समग्र युवा वर्गको नै राजनीतिप्रति वितृष्णा जाग्दै आएको छ। संघर्षबाट प्राप्त उपलब्धि जनताले अनुभूत गर्न नपाउनु मुख्य कारण भएको उनी बताउँछन्। उनको भनाइ छ, ‘राजनीति पढेलेखेका र बुद्धिजीवीहरुले गर्नुपर्ने हो। तर, नपढेकाहरु नेता भए। जनता वा कार्यकर्तासँग भएको क्षमताको समेत उनीहरुले उपयोग गर्न सकेनन्।’ सही विचारले ठाउँ नपाउँदा समाज पछाडि धकेलिरहेको उनको बुझाइ छ।

देशको बारेमा चासो नहुने युवा हुँदैनन्। देशबारे चासो राख्नेहरु स्वतः राजनीतिप्रति पनि सजग हुने उपाध्यायको भनाइ छ। उनले आफ्नो दृष्टिकोण यसरी राखे, ‘हामी आफ्नो समाजको चिन्ता गर्छौं। समाज/देशका घटनाक्रम र परिवर्तन हेर्छौं। यही कुरामा गरिएको चिन्तन राजनीति हो।’

ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जबाट स्नातकको पढाइ सकेका रौतहट, गौरका रविकुमार झा अहिले निजामती सेवा प्रवेशका लागि तयारी गरिरहेका छन्। लोकसेवा आयोगको तयारी गरिरहेका हुनाले राजनीतिक घटनाक्रममासमेत अपडेट छन्। हिजोआजको राजनीतिक माहोलले उनलाई निराश बनाउँछ। ‘अहिलेको राजनीतिक अवस्था हेर्दा त मनै रोएर आउँछ,’ झा भन्छन्। 

दीपेश उपाध्यय र रविकुमार झा

राजनीतिमा युवाको संलग्नता अपरिहार्य लाग्छ उनलाई। त्यहीकारण पनि राजनीतिमा युवाको आकर्षण हुनुपर्ने उनी बताउँछन्। तर, युवालाई उचित जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छन्। 

राजनीतिमा युवाको सक्रिय सहभागिता मात्रै होइन, हस्तक्षेपकारी भूमिका हुनुपर्ने त्रिचन्द्र क्याम्पस स्नातक तहमा अध्यनरत प्रवेश दाहाल बताउँछन्। उनी भन्छन्, ‘अब पनि युवाहरुले प्राप्त गर्ने आशा मात्रै गरेर हुँदैन, हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ।’

काभ्रेपलाञ्चोक, मण्डनदेउपुरकी अस्मिता सापकोटा पछिल्लो राजनीतिक अवस्थाले गर्दा राजनीतिप्रतिको रुचि नै घटेको बताउँछिन्। पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा स्नातक दोस्रो बर्षमा अध्यनरत उनी भन्छिन्, ‘राजनीतिक घटनाक्रम थाहा त हुन्छ तर मलाई राजनीतिप्रति उति रुचि छैन। देशको राजनीतिक अवस्थाले गर्दा नै यसप्रति मेरो रुचि घटेको हो।’ 

Ncell 2
Ncell 2

प्रतिभावान युवाको राजनीतिमा प्रवेश गर्ने बाटो सजिलो छैन। त्यहाँ पुगेकाहरुले समेत सहजरुपमा जिम्मेवारी प्राप्त गर्ने वातावरण बनेको छैन। यसले गर्दा नै राजनीतिलाई किनारको साक्षी बसेर हेरिरहेको उनीहरुको साझा भनाइ छ। तर, यसरी बाहिरबाट हेरेर मात्रै परिवर्तन सम्भव उनीहरुले देखेका छैनन्।

देशमा हुने भ्रष्टाचार, हिंसा, बलात्कारले गर्दा युवामा वितृष्णा फैलिएको उनीहरुको बुझाइ छ। ‘जति सत्ता परिवर्तन भए पनि जनताको जीवनमा खासै परिवर्तन आएन,’ उपाध्यायले भने।

प्रवेश दाहाल र अस्मिता सापकोटा।

पीँधमा रहेका जनताले अनुभूत गर्न नसकेको परिवर्तनको अर्थ नहुने झाको भनाइ छ। ‘जनतासँग भोट माग्दा विभिन्न अजेण्डा अघि सारेको पाइन्छ। तर, जब सत्तामा आउँछन्, वास्तै गर्दैनन्,’ उनले भने।

‘स्थिर सरकारका लागि साढे तीन वर्षअघि तत्कालीन नेकपा (एमाले र माओवादीको गठबन्धन)ले भोट पायो। तर, अझै अस्थिरता छ,’ प्रवेश दाहाल भन्छन्। यसले युवामा राजनीतिप्रतिको धारणा झन् नकारात्मक बनाइरहेको उनी बताउँछन्।

‘युवा भनेका सत्ताका डर र समाजका भर हुन्,’ अस्मिता सापकोटा भन्छिन्, ‘यो अचेल लागु हुँदैन। देशको अवस्थाले युवाहरु आफ्नो भविष्य यहीँ देख्न छाडिसकेका छन्।’ युवाको भूमिका राजनीतिक दलमा पनि सशक्त नभएको उनीहरुको बुझाइ छ।

‘राजनीतिको माथिल्लो तहमा युवाको पहुँच छैन,’ उपाध्यायले भने, ‘युवा माथिल्लो तहमा पुग्दा उनीहरुको कपाल फुलिसकेको हुन्छ।’

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला... सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्