• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीति बुझ्ने पुस्ताको चिन्ता : अहिलेको अवस्था देख्दा मन रुन्छ

64x64
धनु विश्वकर्मा बुधबार, भदौ २, २०७८  १०:५४
1140x725

काठमाडौं- नेपालका ठूलठूला राजनीतिक परिवर्तनमा युवाको योगदान अग्रणी छ। जहाँनियाँ राणा शासनदेखि, बहुदल, गणतन्त्र हुँदै अरु थुप्रै आन्दोलनको अग्रपंक्तिमा युवा थिए। तर, राजनीतिको केन्द्रमा युवा पुस्ता पुग्न सहज छैन। नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने बहस चल्छ तर, कार्यान्वयन भइरहेको हुँदैन। पछिल्ला दिनहरुमा पनि विभिन्न पार्टीभित्र पुस्तान्तरणको चर्चा चलेको छ।

पार्टीभित्र उही नेतृत्व र उस्तै प्रवृत्ति हावी हुँदै जाँदा आमयुवामा भने राजनीतिप्रति नै अरुचि सिर्जना भइरहेको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा फार्मेसी अध्ययन गरिरहेका छन्, दीपेश उपाध्याय। तर, उनी वर्तमान राजनीतिको माहोलप्रति कत्ति पनि खुसी छैनन्।

उनलाई लाग्छ- मेरो मात्रै होइन, समग्र युवा वर्गको नै राजनीतिप्रति वितृष्णा जाग्दै आएको छ। संघर्षबाट प्राप्त उपलब्धि जनताले अनुभूत गर्न नपाउनु मुख्य कारण भएको उनी बताउँछन्। उनको भनाइ छ, ‘राजनीति पढेलेखेका र बुद्धिजीवीहरुले गर्नुपर्ने हो। तर, नपढेकाहरु नेता भए। जनता वा कार्यकर्तासँग भएको क्षमताको समेत उनीहरुले उपयोग गर्न सकेनन्।’ सही विचारले ठाउँ नपाउँदा समाज पछाडि धकेलिरहेको उनको बुझाइ छ।

देशको बारेमा चासो नहुने युवा हुँदैनन्। देशबारे चासो राख्नेहरु स्वतः राजनीतिप्रति पनि सजग हुने उपाध्यायको भनाइ छ। उनले आफ्नो दृष्टिकोण यसरी राखे, ‘हामी आफ्नो समाजको चिन्ता गर्छौं। समाज/देशका घटनाक्रम र परिवर्तन हेर्छौं। यही कुरामा गरिएको चिन्तन राजनीति हो।’

ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जबाट स्नातकको पढाइ सकेका रौतहट, गौरका रविकुमार झा अहिले निजामती सेवा प्रवेशका लागि तयारी गरिरहेका छन्। लोकसेवा आयोगको तयारी गरिरहेका हुनाले राजनीतिक घटनाक्रममासमेत अपडेट छन्। हिजोआजको राजनीतिक माहोलले उनलाई निराश बनाउँछ। ‘अहिलेको राजनीतिक अवस्था हेर्दा त मनै रोएर आउँछ,’ झा भन्छन्। 

दीपेश उपाध्यय र रविकुमार झा

राजनीतिमा युवाको संलग्नता अपरिहार्य लाग्छ उनलाई। त्यहीकारण पनि राजनीतिमा युवाको आकर्षण हुनुपर्ने उनी बताउँछन्। तर, युवालाई उचित जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छन्। 

राजनीतिमा युवाको सक्रिय सहभागिता मात्रै होइन, हस्तक्षेपकारी भूमिका हुनुपर्ने त्रिचन्द्र क्याम्पस स्नातक तहमा अध्यनरत प्रवेश दाहाल बताउँछन्। उनी भन्छन्, ‘अब पनि युवाहरुले प्राप्त गर्ने आशा मात्रै गरेर हुँदैन, हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ।’

काभ्रेपलाञ्चोक, मण्डनदेउपुरकी अस्मिता सापकोटा पछिल्लो राजनीतिक अवस्थाले गर्दा राजनीतिप्रतिको रुचि नै घटेको बताउँछिन्। पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा स्नातक दोस्रो बर्षमा अध्यनरत उनी भन्छिन्, ‘राजनीतिक घटनाक्रम थाहा त हुन्छ तर मलाई राजनीतिप्रति उति रुचि छैन। देशको राजनीतिक अवस्थाले गर्दा नै यसप्रति मेरो रुचि घटेको हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिभावान युवाको राजनीतिमा प्रवेश गर्ने बाटो सजिलो छैन। त्यहाँ पुगेकाहरुले समेत सहजरुपमा जिम्मेवारी प्राप्त गर्ने वातावरण बनेको छैन। यसले गर्दा नै राजनीतिलाई किनारको साक्षी बसेर हेरिरहेको उनीहरुको साझा भनाइ छ। तर, यसरी बाहिरबाट हेरेर मात्रै परिवर्तन सम्भव उनीहरुले देखेका छैनन्।

देशमा हुने भ्रष्टाचार, हिंसा, बलात्कारले गर्दा युवामा वितृष्णा फैलिएको उनीहरुको बुझाइ छ। ‘जति सत्ता परिवर्तन भए पनि जनताको जीवनमा खासै परिवर्तन आएन,’ उपाध्यायले भने।

प्रवेश दाहाल र अस्मिता सापकोटा।

पीँधमा रहेका जनताले अनुभूत गर्न नसकेको परिवर्तनको अर्थ नहुने झाको भनाइ छ। ‘जनतासँग भोट माग्दा विभिन्न अजेण्डा अघि सारेको पाइन्छ। तर, जब सत्तामा आउँछन्, वास्तै गर्दैनन्,’ उनले भने।

‘स्थिर सरकारका लागि साढे तीन वर्षअघि तत्कालीन नेकपा (एमाले र माओवादीको गठबन्धन)ले भोट पायो। तर, अझै अस्थिरता छ,’ प्रवेश दाहाल भन्छन्। यसले युवामा राजनीतिप्रतिको धारणा झन् नकारात्मक बनाइरहेको उनी बताउँछन्।

‘युवा भनेका सत्ताका डर र समाजका भर हुन्,’ अस्मिता सापकोटा भन्छिन्, ‘यो अचेल लागु हुँदैन। देशको अवस्थाले युवाहरु आफ्नो भविष्य यहीँ देख्न छाडिसकेका छन्।’ युवाको भूमिका राजनीतिक दलमा पनि सशक्त नभएको उनीहरुको बुझाइ छ।

‘राजनीतिको माथिल्लो तहमा युवाको पहुँच छैन,’ उपाध्यायले भने, ‘युवा माथिल्लो तहमा पुग्दा उनीहरुको कपाल फुलिसकेको हुन्छ।’

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इ... शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘सं... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्