• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

टेम्पोको पाङ्ग्रो घुम्दा मात्र जिन्दगी चल्छ, सरकार बाटो नथुन!

64x64
धनु विश्वकर्मा मंगलबार, भदौ १, २०७८  ०७:०४
1140x725

वीर अस्पतालको ठयाक्कै सामुन्ने टेम्पो पार्क छ। त्रिपुरेश्वर, कालिमाटी हुँदै छाउनी जाने तथा सिंहदरबार, अनामनगर, हुँदै सिनामंगल जाने रुटको टेम्पो यहाँ लाइनमा हुन्छन्।

म ट्रमा सेन्टर नजिकको जेब्रा क्रसबाट टेम्पो पार्कतिर लागेँ। एउटा टेम्पोको बाहिर लेखिएको छ, ‘सक्षम महिलाद्वारा सञ्चालित सफा टेम्पो।’ यो वाक्यले तान्यो। म त्यही टेम्पोतिर लम्केँ।

आफ्नो टेम्पोेको पालो कुरिरहेकी छिन्, चालक कल्पना डंगोल। उनी चालकको सिटमा बसेर मोबाइल खेलाइरहेकी छिन्। म नजिकै पुगेँ।

‘जाने हो?’ उनले भनिन्।

‘जाने हो,’ मैले भनेँ। यसै पनि अनामनगर जानु नै थियो।

तर, मैले टेम्पो कता जान्छ भनेर सोधिनँ। न त लेखेको नै पढेँ। हत्त न पत्त अगाडितिरको दैलो खोलेर चालकछेउमै बसेँ। अनि गफिन थालेँ।

खासमा मलाई उनीसँग गफिन मन लागेको थियो।

चलनै हो, ‘घर कहाँ हो?’ बाट गफ सुरु गर्ने। कल्पना (३५) को घर रहेछ, रामेछापको फुलासीपोखरी। १७ वर्षकै उमेरमा साथी–संगीको लहैलहैमा काठमाडौँ पसिछिन्। यहाँ काम गर्ने र कमाउने सपना रहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौँ आएपछि पढाइ छुट्यो। कमाइ के हुन्थ्यो, उही खान पुग्ने मात्र। बरु कामकै सिलसिलामा उनले बिहे गरिन्। ‘दुवै एकै ठाउँतिरका रहेछौँ, काम गर्दागर्दै मन मिल्यो, अनि बिहे गरियो,’ उनी भन्छिन्।

उनीहरुको एक छोरा छन्, १० कक्षामा पढ्छन्। श्रीमान् घरहरुमा रङ लगाउने काम गर्छन्। दुई जनाले नै काम गर्दा खान–लगाउन दुःख छैन।

पहिला त उनी घरको काम गर्थिन्। कमाइ राम्रो थिएन, सम्मान पनि हुँदैन थियो। ‘अनि त्यस्तो काम गर्नै मन लागेन। छाडिदिएँ। कसैको काम नगरी आत्मनिर्भर हुन मन थियो। अनि टेम्पो सिकेर चलाउन थालेँ,’ उनी भन्छिन्।

उनीहरुले छाउनीमा कोठा भाडामा लिएका छन्। टेम्पो भने साहुको हो। दिनभरिमा टिपअनुसार पैसा बुझाउनुपर्छ। उनी सफा टेम्पो व्यवसायी संघमा आबद्ध छिन्। संघले सफा टेम्पो चालकहरुको व्यवस्थापन गर्छ। अस्थायी र स्थायी गरी दुई प्रकारका चालक छन्। उनी स्थायी चालक हुन्। महिनाको १६ हजार तलब हुन्छ। कमाइ राम्रो भएको दिन उनले अतिरिक्त पैसा कमाउन सक्छिन्। जीवन टेम्पोको पाङ्ग्राजस्तै घुमिरहेकै थियो।

तर, अचानक आयो, कोरोना भाइरसको महामारी। सरकारले त्यसलाई रोक्न भनेर डेढ वर्षअघि ‘लकडाउन’ घोषणा गरिदियो। उनको टेम्पोको चक्का बन्द भयो। करिब आठ महिना टेम्पो थन्काइन्।

अनि टेम्पो निकालेर फेरि गुडाउन थालेको केही महिनामै कोरोनाको अर्को लहर आयो। सरकारले निषेधाज्ञा लगायो। उनले फेरि टेम्पो बन्द गरिन्।

टेम्पो रोकेपछि त्यसका चक्का झैँ घुम्नुपर्ने जीवन पनि रोकिइहाल्छ। ‘अरु त टार्दै गरौँला, मुख बन्द गरेर बस्न नसकिने रहेछ। बाध्यताले टेम्पो निकालेको हुँ,’ उनी भन्छिन्।

टेम्पो रोकेपछि त्यसका चक्का झैँ घुम्नुपर्ने जीवन पनि रोकिइहाल्छ। ‘अरु त टार्दै गरौँला, मुख बन्द गरेर बस्न नसकिने रहेछ। बाध्यताले टेम्पो निकालेको हुँ,’ उनी भन्छिन्।

गएको २८ साउनमा काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारी साधन चलाउन रोकेका छन्। यो समाचार सुनेर उनको मन कुँडिएको छ। लामो समय ट्याम्पो थन्किँदा र श्रीमान् पनि कामविहीन हुँदा समस्याका चाङ लागेका छन्। जीवन चल्ने आधार टेम्पो दिउँसो पनि बन्द गरिदिए भने आपतले थिच्छ। जसरी पनि टेम्पोको पाङ्ग्रा घुमाउनु नै छ।

‘सरकारले रासन भरिदिने होइन, एक केजी पनि चामल र दाल दिने होइन। बन्द मात्र समस्याको समाधान हो र?’ उनले आक्रोस पोखिन्, ‘कसैलाई ढाँटेको छैन, छलेको छैन। हामीजस्तो दुःख गरेर खानेलाई घरमै थुनिदिनु त भएन नि!’

बिरामी भए अस्पताललाई सुविधासम्पन्न र सस्तो बनाउनुपर्ने उनको भनाइ छ। तर, खाने मुखै बन्द गर्न नहुने हो। आफूहरुले रोगबाट सुरक्षित भएर काम गर्न चाहेको उनी बताउँछिन्।

उनी साँझ घर गएपछि दिउँसोभरि लगाएका लुगा फुकालेर अलग्गै राख्छिन्। त्यसलाई धोएर मात्र पुनः लगाउँछिन्। मास्क पनि धोएर मात्र प्रयोग गर्छिन्। साथमा स्यानिटाइजर बोक्छिन्। ‘ज्यानको माया त जसलाई पनि हुन्छ, तर भोकले मार्नु चाहिँ भएन,’ उनी भन्छिन्।

पहिलो लकडाउनमा उनी घर गएकी थिइन्। घरमा सासू–ससुरा र दाजुभाइ छन्। सबै अलग भइसकेका छन्। लकडाउनमा गाउँ बसिन्। तर, मन पोलिरह्यो। ‘बिहान काम गरेर बेलुका खानेहरुलाई समस्या भयो, ऋण पनि नपाउने अवस्था भयो,’ उनी भन्छिन्।

गाउँ बसिरहन पनि अप्ठ्यारो थियो। ‘राम्रो भए सहर बस्ने, दुःख पर्नेबित्तिकै गाउँमा गएर पनि हुँदैन,’ उनी भन्छिन्, ‘सहरमा राम्रो हुँदा कसैले कहिलै गाउँ सम्झिँदैनन्। गाउँका मान्छेले भनेको ठीकै हो, उनीहरुले दुःखमा पनि गाउँ छाडेका छैनन्।’

जे होस्, उनी सहर छाड्ने पक्षमा छैनन्। सहर छाडेर गाउँमा टिक्ने मेलो पनि छैन। ‘जग्गा–जमिन नभएपछि के गर्ने र?’ उनी भन्छिन्।

उनले पहिलो चरणको खोप लगाइसकेकी छिन। सबै चालकहरुलाई सरकारले प्राथमिकतामा राखेर खोप दिनुपर्ने उनी बताउँछिन्। ‘मजदुरले बाँच्न पाउनुपर्छ। उनीहरुलाई खोप लगाइदिएर काम गर्ने छुट दिनुपर्छ। हामी स्वास्थ्यका मापदण्ड पूरा गरेरै काम गर्न तयार छौँ,’ उनी भन्छिन्।

रोगविरुद्ध लड्न पनि खानै पर्छ। काम नगरे खान पुग्दैन। निषेधाज्ञा धनीको लागि ठीकै भए पनि गरिबका लागि उचित नभएको उनी बताउँछिन्। गरिखाने बाटो थुन्नुभन्दा त्यसको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

उनीसँग गफ गर्दागर्दै उनको पालो आएछ। यात्रु बोलाउन थालिन्, ‘त्रिपुरेश्वर, टेकु, कालिमाटी, स्वयम्भु, छाउनी, छाउनी...’ म जानुपर्ने दक्षिण–पूर्व, अनामनगरतिर, टेम्पो रहेछ उत्तर–पश्चिम जाने।

टेम्पो गुड्न सुरु भइसकेको थियो। ‘दिदी म त अनामनगर पो जाने हो,’ मैले भनेँ। उनले टेम्पो रोकिन् र भनिन्, ‘आफ्ना कुरा भन्न पाएँ मनै हलुको भयो। धन्यवाद है बहिनी!’

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्