• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

आप्रवासी कामदारको अवस्था दयनीय

64x64
रासस आइतबार, साउन ३१, २०७८  २३:२०
1140x725
फाइल तस्बिर

काठमाडौं- कोभिड-१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ। गैरआवासीय नेपाली सङ्‍घ (एनआरएनए)ले आज सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको अवस्थासम्बन्धी श्वेतपत्रअनुसार वैदेशिक रोजगारिका शिलशिलामा खासगरी खाडी मुलुक, मलेसिया, कुवेतलगायत गन्तव्यमा रहेका कामदार बढी समस्यामा रहेको पाइएको हो।

मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा विप्रेषण आप्रवाह अनुपात २४ प्रतिशतको हाराहारीमा रहेको छ। यति ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएर बुढेशकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै यसले झनै विकराल अवस्था सिर्जना भएको श्वेतपत्रले औँल्याइएको छ।

कोभिड-१९ को महामारीपछि सङ्‍घ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ। आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत् वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ।

पछिल्लो सरकारी तथ्याङ्‍कअनुसार वैदेशिक रोजगारीका लागि सरकारले खोलेका ११० देशको लागि सन् २०१९/२०२० मा मात्रै झण्डै चार लाख नेपालीले औपचारिक रूपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रूपमा रहेको छ।

एनआरएनएका उपाध्यक्ष डा. बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करिब ७० लाख नेपाली छन्। यी मध्ये अधिकांश वैदेशिक रोजगारिका शिलशिलामा गएका हुन्। वैदेशिक रोजगारीमार्फत राज्यले झण्डै १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ। कोभिडका कारण रेमिट्यान्स बढेको बताइन्छ।

एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्‍घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे एक कमिटीमार्फत् काम गर्दै आएको बताए। अहिले पनि करिब ३० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको उनले जानकारी दिए। उनका अनुसार कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। एक लाखभन्दा बढी सङ्‍क्रमित भएका छन् भने ४८६ जनाको मृत्यु भएको छ।

विशेषगरी वैदेशिक रोजगारिमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा छन्। श्रम स्वीकृति नभएका कारण उनीहरू असुरक्षित छन्। घरेलु कामदार महिलाको अवस्था दयनीय छ। सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ। यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताए।

एनआरएनए कोभिड-१९ राहत तथा स्वदेश फिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतका अनुसार कोभिड महामारीमा वैदेशिक रोजगारी पूर्णरूपमा प्रभावित हुँदा मुख्य रूपमा मध्यपूर्वमा रहेका साउदी अरब, यूएई, कुवेत, ओमन र बहराइन तथा मलेसियालगायत देशमा जाने नेपाली समस्यामा परेका छन्। हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ। कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

यो अवधिमा विभिन्न मुलुकमा जेल सजाय भोगिरहेका १३५ जनालाई जेलमुक्त गरी स्वदेश फर्काइएको सङ्‍घले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएकाले विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र सहयोगमा नेपाल सरकारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।

कोभिड-१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालालाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारलाई सहयोग प्रदान गर्नसक्ने क्षेत्रको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको हो।

नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ। दैनिक एक हजारदेखि एक जहार ५०० युवा विभिन्न देशमा रोजगारीका लागि जाने गरेको बताइन्छ। नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसियालगायत देशमा बैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन्। पछिल्लो समय युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि उल्लेख्य सङ्ख्यामा कामदार पुगेका छन्।

रोजगारीको सिलसिलामा वार्षिक करिब चार लाख व्यक्ति श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनोट नभएकाले अल्पकालीन रणनीतिको रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन।

बालुवाटारस्थित सङ्‍घको सचिवालयमा श्वेतपत्र सार्वजनिक गर्दै सङ्‍घका अध्यक्ष कुमार पन्तले कोभिड महामारीले वैदेशिक रोजगारीमा रहेको श्रमिकको कहालीलाग्दो अवस्थालाई उजागर गरेको र सरकार तथा सरोकारवालालाई समस्या समाधानका लागि श्वेतपत्रले मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे। 

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको माग र देशको आवश्यकता रहेको बताए।

एनआरएनए उपाध्यक्ष रविना थापाले वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्था झनै दयनीय रहेको भन्दै उनीहरूको श्रम सुरक्षाका लागि विशेष अभियान चलाउन जरुरी भएको धारणा राखिन्। एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एनआरएनले सक्रिय भूमिका निर्बाह गरिरहेको बताए।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौँ अवसर र चुनौतीलाई समेटेर सङ्‍घले ल्याएको श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरूमा नेपालीको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीको पुनःएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायत बारेमा वास्तविक रूपमा चित्रण गर्ने कोसिस गरिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुईतर्फी सञ्चालनमा शुक्रबार, असोज २, २०८३
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ शुक्रबार, असोज २, २०८३
विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौं : सिंह शुक्रबार, असोज २, २०८३
संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– मैले देख्न चाहेको संसद् यस्तै हो शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्