• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

आप्रवासी कामदारको अवस्था दयनीय

64x64
रासस आइतबार, साउन ३१, २०७८  २३:२०
1140x725
फाइल तस्बिर

काठमाडौं- कोभिड-१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ। गैरआवासीय नेपाली सङ्‍घ (एनआरएनए)ले आज सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको अवस्थासम्बन्धी श्वेतपत्रअनुसार वैदेशिक रोजगारिका शिलशिलामा खासगरी खाडी मुलुक, मलेसिया, कुवेतलगायत गन्तव्यमा रहेका कामदार बढी समस्यामा रहेको पाइएको हो।

मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा विप्रेषण आप्रवाह अनुपात २४ प्रतिशतको हाराहारीमा रहेको छ। यति ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएर बुढेशकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै यसले झनै विकराल अवस्था सिर्जना भएको श्वेतपत्रले औँल्याइएको छ।

कोभिड-१९ को महामारीपछि सङ्‍घ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ। आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत् वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ।

पछिल्लो सरकारी तथ्याङ्‍कअनुसार वैदेशिक रोजगारीका लागि सरकारले खोलेका ११० देशको लागि सन् २०१९/२०२० मा मात्रै झण्डै चार लाख नेपालीले औपचारिक रूपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रूपमा रहेको छ।

एनआरएनएका उपाध्यक्ष डा. बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करिब ७० लाख नेपाली छन्। यी मध्ये अधिकांश वैदेशिक रोजगारिका शिलशिलामा गएका हुन्। वैदेशिक रोजगारीमार्फत राज्यले झण्डै १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ। कोभिडका कारण रेमिट्यान्स बढेको बताइन्छ।

एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्‍घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे एक कमिटीमार्फत् काम गर्दै आएको बताए। अहिले पनि करिब ३० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको उनले जानकारी दिए। उनका अनुसार कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। एक लाखभन्दा बढी सङ्‍क्रमित भएका छन् भने ४८६ जनाको मृत्यु भएको छ।

विशेषगरी वैदेशिक रोजगारिमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा छन्। श्रम स्वीकृति नभएका कारण उनीहरू असुरक्षित छन्। घरेलु कामदार महिलाको अवस्था दयनीय छ। सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ। यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताए।

एनआरएनए कोभिड-१९ राहत तथा स्वदेश फिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतका अनुसार कोभिड महामारीमा वैदेशिक रोजगारी पूर्णरूपमा प्रभावित हुँदा मुख्य रूपमा मध्यपूर्वमा रहेका साउदी अरब, यूएई, कुवेत, ओमन र बहराइन तथा मलेसियालगायत देशमा जाने नेपाली समस्यामा परेका छन्। हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ। कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको जानकारी दिए।

Ncell 2
Ncell 2

यो अवधिमा विभिन्न मुलुकमा जेल सजाय भोगिरहेका १३५ जनालाई जेलमुक्त गरी स्वदेश फर्काइएको सङ्‍घले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएकाले विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र सहयोगमा नेपाल सरकारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।

कोभिड-१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालालाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारलाई सहयोग प्रदान गर्नसक्ने क्षेत्रको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको हो।

नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ। दैनिक एक हजारदेखि एक जहार ५०० युवा विभिन्न देशमा रोजगारीका लागि जाने गरेको बताइन्छ। नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसियालगायत देशमा बैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन्। पछिल्लो समय युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि उल्लेख्य सङ्ख्यामा कामदार पुगेका छन्।

रोजगारीको सिलसिलामा वार्षिक करिब चार लाख व्यक्ति श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनोट नभएकाले अल्पकालीन रणनीतिको रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन।

बालुवाटारस्थित सङ्‍घको सचिवालयमा श्वेतपत्र सार्वजनिक गर्दै सङ्‍घका अध्यक्ष कुमार पन्तले कोभिड महामारीले वैदेशिक रोजगारीमा रहेको श्रमिकको कहालीलाग्दो अवस्थालाई उजागर गरेको र सरकार तथा सरोकारवालालाई समस्या समाधानका लागि श्वेतपत्रले मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे। 

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको माग र देशको आवश्यकता रहेको बताए।

एनआरएनए उपाध्यक्ष रविना थापाले वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्था झनै दयनीय रहेको भन्दै उनीहरूको श्रम सुरक्षाका लागि विशेष अभियान चलाउन जरुरी भएको धारणा राखिन्। एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एनआरएनले सक्रिय भूमिका निर्बाह गरिरहेको बताए।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौँ अवसर र चुनौतीलाई समेटेर सङ्‍घले ल्याएको श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरूमा नेपालीको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीको पुनःएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायत बारेमा वास्तविक रूपमा चित्रण गर्ने कोसिस गरिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
ईश्वर पोखरेलले काठमाडौं-५ बाट मनोनयन दर्ता गराउँदा शंकर पोखरेल दाङ–२ बाट मंगलबार, माघ ६, २०८२
ओलीले झापा–५ मा मनोनयन दर्ता गराउँदा प्रचण्डले गरे रोल्पाबाट मंगलबार, माघ ६, २०८२
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
बाजुराबाट कांग्रेसका जनकराज गिरीले गरे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्