काठमाडौं- गोदरेजले खाना र घर तथा कार्यालयमा प्रयोग हुने सामानहरु जीवाणुरहीत बनाउन 'भाइरोसिल्ड' प्रभावकारी हुने जनाएको छ।
कम्पनीले कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गइरहेको अवस्थामा सामानहरूलाई जीवाणुरहीत बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त रहेको दाबी गरेको हो।
गोदरेज ब्राण्डका सामान नेपालमा चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले बिक्री वितरण गर्दै आइरहेको छ।
कम्पनीका अनुसार दुईदेखि छ मिनेटभित्रमा भाइरोसिल्डले युभी-सी रेमार्फत् ९९ प्रतिशतभन्दा बढी कोभिड-१९ भाइरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्दछ। भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लोइट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेसनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।