काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा निस्किएका छन्। भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा क्षत्री बुधबार ६ दिने भारत भ्रमणमा निस्किएका हुन्।
देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज कार्यक्रममा सहभागी हुन उनी भारत भ्रमणमा गएका हुन्।
रथी पूर्णचन्द्र थापाले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन्।
भ्रमणको अवधिभर क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार स सम्हाल्नेछन्।
भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष सहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।