काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन्।
पौडेलले आफूनिकटका शीर्ष तहका नेतालाई बोहराटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन्। मंसिरमा महाधिवेशन गर्ने शनिबारको निर्णयपछि पौडेलले आफ्नोपक्षको बैठक बोलाएका हुन्।
क्रियाशील सदस्यता विवादका विषयमा पौडेलपक्षको छलफल जारी रहेको बताइएको छ। महाधिवेशन लम्ब्याएर मंसिरसम्म पुर्याउन नहुनेपक्षमा पौडेलपक्ष थियो।
शनिबार संस्थापनपक्षले मंसिर महिनाको अडान राखेपछि सोहीअनुसार निर्णय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।