काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशनको मिति सार्नेदेखि विभिन्न निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज सम्पन्न बैठकले महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गरेको १४औं महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको जनाएको छ।
संशोधित कार्यतालिका अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ मा काठमाडौंमा हुने भएको छ।
यस्तै बैठकले पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदनसमेत पारित गरेको जनाएको छ।
यी हुन् केन्द्रीय कार्यसमितिबाट पारित निर्णयहरु:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।