काठमाडौं- शाओमीले पर्साको वीरगञ्जमा आधिकारिक सर्भिस सेन्टर (सेवा केन्द्र) स्थापना गरेको गरेको छ। शुक्रबार वीरगञ्जस्थित रुँताजमल, आदर्शनगरमा स्थापित सर्भिस सेन्टरको उद्घाटन गरिएको छ।
शाओमीका अन्य सेवा केन्द्रहरु काठमाडौं, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन्। शाओमीले नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको जानकारी दिएको छ।
वीरगञ्जको सेवा केन्द्र उद्घाटन गर्दै शाओमीका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीमा मी फ्यानहरुको विश्वास र सन्तुष्टिलाई प्राप्त गर्नु नै कम्पनीको लागि सर्वोपरी भएको बताए। 'हामी महसुस गर्छौं कि ब्रान्डमा हाम्रा उपकरणहरुको गुणस्तर र मजबुत बिक्रीपछि सर्भिस प्राक्टिसेजहरु भरोसाको सुदृढीकरणमा लामो बाटो जान्छन्। सेवाको गुणस्तर प्रदान गर्नु शाओमीको एक मुख्य लक्ष्य हो। हामी बिक्रीपछि र ग्राहक सेवाको प्रयासहरुमा हाम्रो नवीन प्रविधिहरुमार्फत् राम्रो सेवा दिनका लागि प्रयास गरिरहेका हुन्छौं,' उनले भने।
उक्त सेवा केन्द्रबाट सुरुआती पहिलो हप्तामा सबै शाओमीका उत्पादनहरु र वारेन्टी नभएका मोडेलहरुमा समेत निःशुल्क सेवा प्रदान गरिने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।