काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बसेको छ।
महामन्त्री डा. शशाङ्क कोइरालानिवास महाराजगञ्जमा बसेको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल भएको थियो। आमन्त्रित केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने मागलाई स्वीकार गर्न नसकिने बैठकको निर्णय रहेको सहभागी एक नेताले जानकारी दिए।
आमन्त्रित २२ केन्द्रीय सदस्यले शुक्रबार राजीनामा बुझाएका थिए। राजीनामा बुझाउने अधिकांश सभापति शेरबहादुर देउवापक्षका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।