कास्की- पोखरामै पहिलोपटक अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रालि स्थापना भएको छ।
पोखराका विभिन्न अस्पतामा कार्यरत विशेषज्ञ चिकित्सकहरु, नर्स, अनुभवी फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका स्वास्थ्य व्यवसायी, खाना तथा पोषणविज्ञ लगायतको संयुक्त पहलमा केयर होमको स्थापना गरिएको जनाएको छ।
'विशेषगरी अस्पताल डिस्चार्जपछिका बिरामीहरु, जसलाई अस्पतालमै भर्ना गरिराख्न पनि आवश्यक छैन र घरमा स्याहार तथा हेरचाहको लागि जटिलता र जोखिम छ भने त्यस्ता खालका बिरामीहरुलाई यस सेन्टरमा राख्ने गरिन्छ। त्यसका साथै टाढा-टाढाबाट उपचारका लागि पोखरामा आउने बिरामीहरु जसलाई उपचारपश्चात् नियमित फलोअपमा अस्पताल गइराख्नुपर्ने हुन्छ, त्यस्ता बिरामीहरु आउनेजाने खर्च, समय र जोखिम बढी हुने हुँदा उनीहरुलाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवासमेत प्रवन्ध गर्न यस संस्थालाई अगाडि बढाइएको हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।