काठमाडौं- बलात्कार मुद्दाका एक अभियुक्त प्रहरीको गाडीबाटै फरार भएका छन्। प्रहरी वृत्त जनसेवाबाट कोरोना परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा बलात्कार मुद्दा अभियुक्त विनोद परियार न्युरोडबाट फरार भएका हुन।
उनी एक थुनुवा प्रहरीलाई छक्याएर भागेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार परियार शुक्रबार दिउँसो ४ बजे गाडीबाटै प्रहरीलाई झुक्याएर फरार भएका हुन्।
कोरोना परीक्षणका लागि स्वाब दिएर फर्कने क्रममा उनी गाडीबाटै फरार भएको प्रहरी स्रोतले जानकारी दियो।
अभियुक्त फरार भएपछि प्रहरीको गाडी जाममा परेका बेला उनी भागेका थिए। उक्त घट्नापछि ड्युटीमा खटिएका प्रहरीमाथि समेत छानबिन थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।