भोजपुर– भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन निर्देशन दिइएको छ।
गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराउँदै अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन निर्देशन दिएका हुन्।
गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएकोे छ।
सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीको भनाइ छ। औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।