शेरबहादुर देउवा निवास
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने भएको छ।
बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।
पहिलो दिनको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन,महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।
पहिलो दिनको बैठकमा पाँच जना केन्द्रीय सदस्यले बोलेका छन्।
आजको बैठकमा भदौ १६ देखि १९ सम्म तय भएको १४औं महाधिवेशनका लागि परिमार्जित नयाँ कार्यतालिकाको प्रस्ताव पेश हुने भनिएको थियो। यद्यपि, बैठकमा नयाँ कार्यतालिकाको प्रस्ताव पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।