राजविराज– प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सहिद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन्।
राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन्। आगामी आर्थिक वर्षमा एक÷एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक सहिद परिवारलाई निःशुल्क उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए।
प्रदेश २ का मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।