काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार नियुक्त भएका मुख्यमन्त्री केसीले बिहीबारै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
माओवादी संसदीय दलका नेता समेत रहेका केसी कांग्रेससहित ४ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनलाई प्रदेश सभाका ४२ जना सदस्यहरूले समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।