काठमाडौं- सत्तारुढ पाँच विद्यार्थी संगठनहरुले शिक्षा आयोगद्धारा मेडिकल र पारामेडिकल अध्ययन स्वदेशमै गराउन सरकारलाई आग्रह गरेका छन्।
पाँच विद्यार्थी संगठनको अखिल क्रान्तिकारी विद्यार्थी संगठनको केन्द्रीय कार्यालयमा बागबजारमा बिहीबार बसेको बैठकले शिक्षा आयोगद्धारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिएको प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्रीर्ण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाएको निस्कर्ष निकालेको हो।
विदेश जाने परिस्थितिबाट विद्यार्थीलाई झण्झट र तनाव थपिने भएकाले स्वदेशमै पढ्ने वातावरण मिलाउन संगठनले सरकारको ध्यानाकषर्ण गराएका छन्।
‘अधिक विद्यार्थी मेडिकल क्षेत्रमा अध्ययन गर्न जाँदा विदेशी मुद्रासमेत विदेशीने भएकाले पुनस् प्रवेश परीक्षा सार्वजनिक गरी विद्यार्थीलाई स्वदेशमै पढ्ने व्यवस्था गर्न मिलाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, मध्यपश्चिम विश्वविद्यालयको समस्या समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मागपत्र बुझाइसकिएकाले कुनै समाधान नभएकोमा समेत ध्यानाकषर्ण गराएको छ।
सोही विश्वविद्यालयका कुलपतिद्धारा प्रशासनको दुरुपयोग गरेर गुण्डागर्दी गर्दै विद्यार्थीलाई संघातिक हमला गरेर घाइते बनाएकाले तत्काल उपकुलपति बर्खास्त गर्न माग गरेका छन्।
यस्तै, इन्जिनियरिङ क्याम्पसहरुमा शूल्क वृद्धिको विरुद्ध भइरहेको आन्दोलनमा ऐक्यबद्धतता जनाउँदै कोरोनाको समयमा अशुल गरिएको शुल्क घटाउन विद्यार्थी संगठनहरुले माग गरेका छन्।
बढाएको शूल्कसमेत तत्काल घटाएर फिर्ता लिई इन्जिनियरिङ शूल्क निर्धारण आयोग गठनगरी सबै इन्जिनियरिङ क्याम्पसमा एउटै शूल्क निर्धाण गर्न माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।