शेरबहादुर देउवा निवास
काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफलका लागि तीन प्रस्ताव पेश भएका छन्।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले समयोजन सम्बन्धी प्रतिवेदन पेश गरेका छन्। अन्य दलबाट कांग्रेसमा आएकाहरुलाई समायोजन गर्न बनेको समितिको संयोजक निधि हुन्।
महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि प्रस्तुत गरेका छन्। निर्वाचन समितिले बनाएको निर्देशिकालाई अन्तिम रुप प्रदान गर्न सहमहामन्त्री डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजाललाई जिम्मेवारी दिइएको थियो।
क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिले तयार गरेको प्रतिवेदन पेश गरेका छन्।
भदौमा महाधिवेशनको अन्योल रहेपछि नयाँ कार्यतालिकाका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक आज देखि बोलाइएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक केही बेर अघि देखि सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।