काठमाडौं- सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद्ले पटकपटक सरकारलाई 'परमादेशको सरकार' भनिरहँदा नेपाली कांग्रेसका सांसद गगन थापाले जवाफ फर्काएका छन्। बिहीबारको बैठकमा बोल्दै उनले उनीहरूको चित्त दुखेर त्यस खालको भाषा प्रयोग गरेको हुनसक्ने बताए।
'म सरकारलाई भन्छु- चित्त नदुखाउनुस्। चित्त दुखेर भन्नुभएको होला। बोसो लागेको बेलामा प्रतिपक्षमा बस्दै गर्दा गाह्रो हुन्छ, केही समय। बिस्तारै बिस्तारै बानी पर्छ', उनले भने।
उनले परमादेशको सरकार भनेकोमा चित्त नदुखाउन समेत आग्रह गरे। 'अघि यहाँ एकजना माननीयज्यूले भन्नुभयो। यहाँ बोल्दै गर्दा जतिपटक परमादेश भने पनि त्यही परमादेशका आधारमा माननीयज्यूहरु यहाँ आउनुभएको छ। थपक्क बस्नुभएको छ। कोही जानेवाला हुनुहुन्न, राजीनामा दिएर। बिल्ला लगाएरै आउनुहुन्छ। म सरकारलाई भन्छु- चित्त नदुखाउनुस्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।