काठमाडौं- लुम्बिनी प्रदेश सरकारमा तीन दलका ५ मन्त्रीले शपथ लिने भएका छन्।
मुख्यमन्त्रीको दाबीमा गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद केसी ‘सोनाम’को मात्रै दाबी परेको थियो। मुख्यमन्त्रीमा केसीसँगै पाँच मन्त्रीले शपथ लिने भएका छन्।
जनता समाजवादीबाट ३ जना, कांग्रेस र माओवादीबाट १/१ जनाले शपथ लिने भएका छन्। कांग्रेसबाट दाङका डिल्ली चौधरी मन्त्री बन्ने भएका छन्। उनी दाङ २ ‘ख’बाट प्रत्यक्ष निर्वाचित हुन्।
प्युठान 'ख'बाट निर्वाचित माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले शपथ लिने भएका छन्।
शपथ अपराह्न साढे ४ बजे हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।