काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले सरकारहरूले कुलमान र हनुमान मात्र देखेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै उनले भने ‘पुरानो सरकारले हनुमान मात्र देख्यो। अहिलेको सरकारले कुलमान मात्र देख्यो।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा हनुमानले समाप्त पारेको उनले आरोप लगाए ।
‘पाँच महिनाको तलब एकैपटक खाएर कर्णाली सकेका छन्’, उनले भने ‘कुलमान बूढा भएपछि के गर्छ सरकारले? अरु निकायहरू डुबेका छन्। त्यसमा पनि ध्यान दिन जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।