काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजनीतिमा नयाँ ध्रुवीकरण गर्न आह्वान गरेका छन्।
बिहीवार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको अवस्था राजनीतिक दलको नीतिका कारण आएको बताएका हुन्। टाउकोको ओखती नाइटोमा लगाएर नहुने भन्दै उनले राजनीतिक दलले समयअनुकुल आफूलाई परिवर्तन गर्न नसकेको बताएका छन्।
‘टाउकोको ओखती नाइटोमा लगाएर हुन्न। अहिले सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक परिवर्तन र संक्रमणपछि नयाँ युगको आवश्यकता अनुरूप पार्टीको विचार, नीति, कार्यक्रमको विकास, संगठनको रूपान्तरण र नेतृत्वको पुस्तान्तरण नहुनुको अभिव्यक्ति हो,’ उनले लेखेका छन्, ‘अतः टालटुल होइन, आमूल रूपान्तरण र नयाँ ध्रुवीकरण गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।