काठमाडाैं– नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरुले पार्टी नेतृत्वलाई संविधान र दलको विधान बुझाउने तयारी गरेका छन्।
समयमा महाधिवेशन हुन नसक्ने अवस्था निर्माण भएपछि संविधान र पार्टीको विधान पढ्नका लागि बुझाउन लागिएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए।
'महाधिवेशन भदौमा नभए वैधानिकता सकिन्छ,' उनले भने, 'संविधान र विधानको व्यवस्था पढ्नकf लागि नेतृत्वलाई हस्तान्तरण गर्न लागिएको हो।'
बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक बस्नुअघि विधान र संविधान बुझाउने उनले बताए। युवाहरुको उक्त समुहमा मूलत: नेविसंघका पूर्व र वर्तमान नेताहरु सम्मिलित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।