काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षका जिल्ला सभापतिहरुको बैठक बस्दै छ।
देउवापक्षका सभापतिहरुको भेला आज (बिहीबार) समिट होटलमा आयोजना गरिएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले बताए।
केही बेरमा सुरु हुने भेलामा करिब ४० जनाको सहभागिता रहने उनले दाबी गरे। बैठकमा महाधिवेशन समयमै गर्नुपर्नेलगायत विषयमा छलफल हुने उनको भनाइ छ।
बैठकले समयमै महाधिवेशन सम्पन्न गर्न जिल्लामा सक्रिय हुने तथा नेतृत्वलाई दवाव दिने विषयमा छलफल गर्ने थापाले जानकारी दिए।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको बैठक सोमबार र मंगलबार बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।