काठमाडौं– लोकतन्त्रप्रेमी युवालाई एउटै अजेन्डामा एकाकार हुन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले आर्थिक विकास र समृद्धिको आधारशिला नै युवा भएको बताएका हुन्।
लोकतन्त्र र परिवर्तनको संवाहक नै युवाशक्ति भएको बताउँदै उनले लोकतन्त्रप्रेमी युवालाई एउटै अजेण्डामा एकाकार हुन आह्वान गरेका हुन्।
त्यसैगरी युवाहरु वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड भएको उनको भनाइ छ। युवाहरुको सहभागिता र संलग्नताविना संसारको कुनै पनि परिवर्तनले संस्थागत रुप लिन नसकेको बस्नेतको दाबी छ।
‘शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि, खेलकुद कलाकारिता, उद्योग अनि उद्धममार्फत नेपाली समाजलाई नयाँ उचाइमा पुर्याउने ताकत राख्नेहरु हुन युवाहरु’ उनको शुभकामना सन्देशमा उल्लेख छ, ‘आफूलाई सक्षम र सशक्त बनाउँदै विश्व माझ नेपाल राष्ट्रको पहिचानलाई अण्क्षुण राख्दै नेपाल र नेपालीलाई बीरताको गाथाको रुपमा चिनाउने माध्यमहरु हो युवाहरु।’
युवापुस्ताले ज्ञान, शिप, क्षमता, चेतना र विवेकको नै प्रयोग गरी समस्यासँग जुध्न सक्ने सामर्थ्य राख्नुपर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।