काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)ले दाबी नगर्ने भएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्मको समय तोकेर सरकारमा दाबी गर्न आग्रह गरेका छन्।
नयाँ सरकारमा दाबी नगर्ने लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद हरिप्रसाद रिजालले बताए।
‘सांसद किनबेच गर्ने, होटलमा राख्ने कार्य हामी गर्दैनौ,’ उनले भने, ‘अब एमालेले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’
अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा असंवैधानिक तरिकाले विशेष अधिवेशन बोलाइएको सांसद रिजालको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।