काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा गठबन्धनका दलले दाबी पेस गर्दै छन्। मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहीबार) दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए।
नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको कांगेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए।
विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको उनले जानकारी दिए।‘हामी सरकारको दाबी गर्न १० बजे नै जान्छौं,’ नेता कनोडियाले भने, ‘आज नै सानो आकारको मन्त्रिमण्डल बन्छ।’
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी बाट १/१ मन्त्री बन्ने निश्चित भइसकेको बताउँदै उनले थप मन्त्री पनि आजै बनाउनेबारे छलफल गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।