फाइल तस्वीर
काठमाडौं– आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउने कार्यसूची रहेको छ।
त्यस्तै, आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।
आजकै बैठकमा ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।