काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओली प्रवृत्ति क्यान्सर जस्तै भएको टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले ओली प्रवृत्ति सच्चिन्छ भन्नु भ्रम मात्रै भएको उल्लेख गरेका छन्।
‘ओलीप्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो’, भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो। सबैको चेत खुलोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।