काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको बारेमा आफूले निष्पक्ष ढंगले सोचिरहेको बताएका छन्।
बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटघाटमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताएका हुन्। 'एमसीसीको विषयमा राष्ट्रिय सहमति होस्। जनमानसमा पुगिसकेको विषय छ। यो विषयमा दलहरुबीच छलफल होस्, एउटा टुंगोमा पुगोस्', उनले भने।
उनले दलहरुबीच सहमति नभई अघि बढ्दा भोलिका दिनमा कार्यान्वयन हुन गाह्रो पर्ने बताए।
मंगलबार मात्रै प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै निवर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी के हुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न उठाएका थिए। प्रधानमन्त्री छँदा एमसीसीलाई संसद्बाट पारित गर्न जोड गरेका ओलीले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा भने संशोधन सहित पास हुनुपर्ने आशयको अभिव्यक्ति दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।