काठमाडाैं- राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले एमसीसी संसद्मा ल्याउने संवैधानिक व्यवस्था नभएको दाबी गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी किन संसद्मा पेश भएन भनेर गरेको प्रश्न र शैलीले सभामुख अग्निप्रसाद सापकोटाको अपमान भएको दाबी गरे।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा ओलीले एमसीसीका बारेमा सत्तापक्षको धारणा माग गर्दै प्रश्न गरेका थिए।
‘एमसीसी सदनमा आउनुपर्ने विषय होइन। यो संविधानमा छैन’, बिडारी भने ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सभामुखको अपमान गर्नु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।