काठमाडौं- तुइन दुर्घटनामा ज्यान गुमाएका दार्चलुका जयसिंह धामीको खोजीमा भारतीय पक्षले ड्रोन उडाउन अनुमति नदिएको बारे संसद्मा जानकारी माग भएको छ।
बुधबार राष्ट्रिय सभाको शून्य समयको बैठकमा सांसद शेरबहादुर कुँवरले तुइन दुर्घटनामा ज्यान गुमाएका दार्चुलाका जयसिंह धामीको खोजी कार्यमा ड्रोन उडाउन भारतीय पक्षले नदिएको कुरा सदनमा जानकारी गराउन माग गरे।
‘सरकारले गठन गरेको अध्ययन टोली फर्केको कुरा छ। यस विषयमा सरकारले के पहल गरेको छ’ उनले राष्ट्रिय सभामा जानकारी माग गर्दै भने ‘यसमा के भइरहेको हो जानकारी गराइयोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।