काठमाडौं- लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ। बुधबार दिउँसो बैठक सुरु भएको हो।
बैठकमा सरकारका मन्त्रीहरु र सत्तापक्षका सांसद्हरु उपस्थित छैनन्। अविश्वासको प्रस्ताव प्रस्तुत गर्न वीरेन्द्रकुमार कनौडिया रोस्ट्रममा पुगेका छन्।
आज यो गरिमामय सदनमा बडो विचित्रको अवस्था देखिरहेका छौं। आज सत्ता पक्षको बेञ्चमा न सरकारको उपस्थिति छ, न सत्तापक्षका कुनै माननीय सांसद्हरुको उपस्थिति छ। सायद संसदीय इतिहासमा यस किसिमको विचित्र अवस्था देखेको छैन', उनले भने।
उनले मुख्यमन्त्री शंकर पोखरेलले केपी ओलीको बाटो समाएको बताए।
यसैबीच, मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।