फाइल तस्वीर
काठमाडौ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन्।
एमाले संसदीय दलको बैठकपछि राजीनामा दिने निर्णय गरेका मुख्यमन्त्री पोखरेल लगत्तै राजीनामा पत्र बोकेर प्रदेश प्रमुख कार्यालय पुगेका छन्।
तर, प्रदेश प्रमुख अमिक शेरचन कार्यालय बाहिर रहेकाले केही ढिलाइ भएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।