काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विधिविपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नगरेसम्म महाधिवेशनगर्न नसकिने बताएका छन्।
तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका तथा छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएकाबाहेक अन्य क्रियाशील सदस्यता खारेज गर्नुपर्ने उनको भनाइ छ। ‘केन्द्रबाट विधिविपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशन गर्न सकिँदैन,’ उनले भनेका छन्।
पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने उनले स्पष्ट पारेका छन्।
पार्टीभित्र लामो समयसम्म क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा भदौमा हुने भनिएको १४ औं महाधिवेशन नै अन्योलमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।