complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको नीति : कति लाग्छ लगानी? जनशक्तिको अवस्था के छ?

कमला गुरुङ मंगलबार, साउन २६, २०७८  १९:३९
1140x725

काठमाडौं- सरकारले आइतबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्‍यो। उक्त कार्यक्रमको मुख्य प्राथमिकताहरुमध्ये एक थियो, ‘कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने।’

संयुक्त सरकारका नीति र कार्यक्रम अन्तर्गत बुँदा नम्बर दुईमा भनिएको छ, ‘खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने।’

सामान्य अर्थमा भन्नुपर्दा भ्याक्सिन उत्पादन गर्ने स्थानलाई भ्याक्सिन ल्याब भनिन्छ।

विश्वका केही राष्ट्रहरुले कोभिड–१९ विरुद्धको खोप बनाइरहँदा नेपालमा भने यसको सम्भावनाबारे बल्ल चर्चा सुरु हुँदैछ। नेपालमा खोपको सम्भावनाबारे चासो धेरैको देखिन्छ, तर आँट भने कसैले गर्न सकेका छैनन्। 

नेपाली औषधि उत्पादकहरुका अनुसार नेपालमा मानव स्वास्थ्यका क्षेत्रमा हालसम्म कुनैपनि किसिमको खोप बन्न सकेको छैन। हुन त नयाँ रोग र त्यस विरुद्धको खोप पत्ता लगाउनु आफैंमा चुनौतीपूर्ण कार्य पनि हो। यसका लागि ठूलो मात्रामा लगानी, ठूलो बजार, नवीनतम प्रविधि र दक्ष जनशक्तिको आवश्यकता पर्छ। यी महत्त्वपूर्ण पाटोबिना खोपको परिकल्पना पनि गर्न सकिँदैन। 

चीन, पाकिस्तान, भारत लगायत देशले त यो खोपको खोजी गरे र बनाए पनि। अन्य राष्ट्रहरु पनि कोभिड–१९ विरुद्धको खोप बनाउनका लागि यसको सम्भावनाबारे अध्ययन गर्दै बलियो प्रयासमा जुटेका छन्। तर, नेपालमा भने बल्ल यसको परिकल्पना गर्न थालिँदैछ। 

नेपाली उत्पादन भन्छन्– खोप उत्पादन गर्न सक्छौं, सरकारी सहयोग चाहिन्छ
स्वदेशी औषधि उत्पादकहरु नेपालमा कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न सकिने बताउँछन्। तर, खोप उत्पादनका लागि सरकारले नीतिगत रुपमा सहज बनाइदिनुपर्ने उनीहरुको माग छ। 

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहाल भन्छन्, ‘नेपालमा पशुको भ्याक्सिन बनिरहेको छ। अब मानिसको लागि बनाउनुपर्ने हो। नेपालमै बनाउन सकिन्छ। सम्भव छ।’

Ncell 2
Ncell 2
nimb
nimb

आफैं उत्पादन गरेर भन्दा पनि अरुमा भरपर्ने सरकारी नीतिका कारण पनि खोप जस्ता औषधिमा नेपाल पछाडि परेको उनको भनाइ छ। 

‘अहिले भारतले हामी खोप दिन सक्दैनौं भनेपछि भौतारिएर कहिले यता कहिले उता कुदिरहेका छौं। यदी सरकारले पहिले नै यसको गाइडलाइन मात्र बनाइदिएको भएपनि अहिले धेरै सहज हुन्थ्यो’ उनले भने। 

सरकारले खोप उत्पादनका लागि आर्थिक सहयोग नगरेपनि नीतिगत रुपमा सहयोग गर्नुपर्ने उनी बताउँछन्। उनका अनुसार नेपालमै खोप उत्पादन भएपछि सरकारले बाहिरबाट नभई स्वदेशी उत्पादकसँग नै खोप खरिद गर्ने ग्यारेन्टी गर्नुपर्छ। 

सरकारले ग्यारेन्टी दिएमात्र खोपका लागि चाहिने कच्चा पदार्थ जहाँबाट ल्याएर भएपनि उत्पादन गर्न तयार रहेको उनले बताए। 
उनले भने, ‘तिमी खोप बनाउँ। तिमीहरुले उत्पादन गरेको ८० प्रतिशत खोप हामी खरिद गर्छौं भन्ने कुराको ग्यारेन्टी गर्नुपर्‍यो। तब मात्र हामी लगानी गर्न तयार हुन्छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्बाैंको लगानी आवश्यक
स्वदेशमा खोप उत्पादनका लागि अर्बाैंको लगानी आवश्यक पर्ने स्वदेशी उद्योगीहरु बताउँछन्। 

खोप उत्पादनका लागि आवश्यक पर्ने ल्याब, कोल्ड चेन, भौतिक संरचना, जनशक्ति सबै गरेर अर्बाैंको  लगानी चाहिने औषधि उत्पादनक संघका पूर्वअध्यक्ष दाहाल बताउँछन्। खोप उत्पादनमा लगानी गर्न तयार भएपनि सरकारले साथ नदिने हो की भन्ने डर रहेको उनले बताए। 

‘अहिले भ्याक्सिनमा पनि हामीलाई यही डर छ। हामीले खोपमा लगानी गर्‍यौं। तर, सरकारले भोलि ‘हामीलाई विदेशबाट सित्तैमा खोप दिन्छ। हामी त्यहीँबाट लिन्छौं’ भन्यो भने हामीले गरेको लगानी त शून्यमा झर्छ’ उनले भने।

उनका अनुसार सरकारले खोप उत्पादनका लागि यी कुराहरुको सुनिश्चित गर्नुपर्दछः 

एक, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने।

दुई, अध्ययन र विकासमा लाग्ने खर्च।

तीन, मेसिनरी उपकरणमा भन्सार नलिने।

र, चौंथौ, उत्पादन गरेका खोप सरकारले खरिद गर्ने ग्यारेन्टी गर्ने।

खोप उत्पादनका लागि स्वदेशी उद्योगलाई सहज वातावरण बनाइदिन उनको आग्रह छ। खोपका लागि माइक्रोबायोलोजी पढेका जनशक्ति आवश्यक पर्ने र ती जनशक्ति नेपालमै रहेको उनले बताए। उनीहरुलाई स्वदेश तथा विदेशमा तालिम दिएर दक्ष जनशक्ति बनाउन सक्ने उनले जानकारी दिए।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री खोप बनाउन चाहिने लगानी, उपकरण तथा प्रविधि, दक्ष जनशक्ति व्यवस्थापन गर्न सकिएपनि सरकारी प्रोत्साहन बिना सम्भव नरहेको उनी बताउँछन्। खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। 

उनले भने, ‘खोप उत्पादनका लागि लगानी गर्न, प्रविधि भित्र्याउन तयार उद्योगीहरु पनि छन्। तर, सरकारी नीति नै यस्तो छ की स्वदेशी उद्योगीलाई पाखा, विदेशीलाई काखा गर्छन्।’

स्वदेशी उद्योगीलाई सहज वातावरण बनाउने सरकारको नीति नभएको उनी गुनासो गर्छन्। 

सरकारले खोप उत्पादनको सम्भाव्यता अध्ययन र विकासका लागि छुट्टै कमिटी बनाएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। विशेषगरी खोप, भौतिक संरचनाको विकासका लागि उद्योग मन्त्रालय अन्तर्गत कमिटी बनेको उनले जानकारी दिए। 

नेपालमा भेटेरेनरीको खोप उत्पादन हुने गरेकाले कोभिड खोप उत्पादनको सम्भावना रहेको उनले बताए। 

उनले भने, ‘नेपालमा खोप उत्पादन सम्भव छ। कोभिडपछि त हामीलाई पनि खोप उत्पादनका लागि एक किसिमको अलर्ट नै गर्‍यो।’

खोप उत्पादनका लागि फरक किसिमको वातावरण भएको भौतिक संरचना र प्रविधि आवश्यक पर्ने भएकाले यसको खर्च अर्बाैंमा पुग्ने उनले बताए। बायोटेक्नोलोजी, भ्याक्सिनमा काम गरेका जनशक्ति, फर्मासिस्ट, माइक्राबायोलोजिस्ट लगायत जनशक्ति आवश्यक पर्ने उनले बताए। 

के हो खोप?
कुनै पनि देश वा विश्वमा जब महामारी फैलन्छ, तब खोपको चर्चा सुरु हुन्छ। त्यसपछि नै रोगको रोकथाम तथा नियन्त्रणका लागि नयाँ खोपको खोजी गरिन्छ। 

खोप एउटा जैविक उत्पादन हो, जसको प्रयोगले व्यक्तिको सम्बन्धित रोगविरुद्ध लड्न सक्ने क्षमतामा वृद्धि गरी गर्छ र रोगको नियन्त्रण, रोकथाम निवारण र उन्मुलन गर्न समेत सहयोगी हुन सक्छ। 

भाइरसमा विशेषगरी दुईवटा गुण हुन्छन्। 
एक, रोग लगाउने गुण, जसलाई प्याथोजेनेसिटी भनिन्छ।
दोस्रो, रोगविरुद्ध लड्ने शरीरको क्षमता बढाउने गुण, जसलाई एन्टीजेनेसिटी भनिन्छ।

भाइरसमा हुने यी दुई गुणमध्ये रोग लगाउने गुणलाई ल्याबमा हटाउन सकिन्छ। रोग लगाउने गुण हटेपछि भाइरसमा रोगविरुद्ध लड्ने क्षमता मात्र रहन्छ। भाइरसको त्यही गुणलाई उपयोग गरेर ल्याबमा खोप बनाइने गरिन्छ। 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्