काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित भएको छ।
कोरोना संक्रमणदर उच्च बन्दै गएका कारण जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि भदौ २५ गतेका लागि तय गरिएको साधारणसभा स्थगित गर्नुपरेको नाडाले जानकारी दिएको छ।
'२०७८ साल श्रावण १५ गते बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको केन्द्रीय कार्य समितिको १३औं बैठकले नाडाको ४५औं वार्षिक साधारणसभा तथा २१औं निर्वाचन २०७८ साल भदौ २५ गते होटेल सोल्टी, काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको सन्दर्भमा सो साधारणसभा सम्पन्न गर्नका लागि अनुमति पाउन मिति २०७८/०४/१९ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा सो कार्यालयले मिति २०७८/०४/१९ मा कोभिड-१९ को संक्रमणदर अझ उच्च हुन गइ तेस्रो लहरसमेत आउनसक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सूचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारणसभा तथा निर्वाचन स्थगित गरेको छ,' नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।