काठमाडौं– निःसन्तान दम्पतीको कथामा निर्माण हुने भनिएको फिल्म 'प्रसाद'मा निश्चल बस्नेत पनि अनुबन्धित भएका छन्।
दिनेश राउतले निर्देशन गर्ने उक्त फिल्ममा यसअघि विपिन कार्की र नम्रता श्रेष्ठलाई अनुबन्धित भइसकेका छन्। यो जोडी फिल्ममा दम्पतीको रुपमा देखिनेछन्। निश्चल भने फिल्ममा चुनौतीपूर्ण भूमिकामा देखिने बताइएको छ।
निश्चल अनुबन्धित भएसँगै निर्माता सुवास थापाले भने, 'फिल्मको स्क्रिप्ट अनुसार मेरो दिमागमा आएको पहिलो इमेज नै निश्चलको थियो।'
निश्चलले आफूले अहिलेसम्म नगरेको चुनौतीपूर्ण भूमिकामा प्रस्तुत हुनलागेको बताए। उनले थपे, ‘फिल्मको स्टोरी एकदमै राम्रो छ। स्टोरी राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुनेबित्तिकै मलाई खेल्न रुची जागेको हो।'
असार १ देखि छायांकन सुरु गरिने तयारी गरिएको 'प्रसाद' को कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।