• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् विस्तारमा सधैं ढिलासुस्ती, सधैं सकस

64x64
किशोर दहाल मंगलबार, साउन २६, २०७८  १०:३२
1140x725

काठमाडौं- असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सोही दिन थप चार मन्त्री नियुक्त गरेका थिए। साउन १० गते उनले आफ्नो क्याबिनेटमा थप एक राज्यमन्त्री भित्र्याए। यतिबेला देउवाको मन्त्रिपरिषद्‌मा उनीसहित गृहमन्त्री बालकृष्ण खाँड; कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ छन्।

देउवा प्रधानमन्त्री नियुक्त भएको मंगलबार २९ दिन पुगेको छ। महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै उनको आलोचना भइरहेको छ। तर, प्रमुख सत्तारुढ दल कांग्रेस र सत्ता गठबन्धनले समेत यो ढिलाइको न कुनै स्पष्ट कारण बताउन सकेको छ, न तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने संकेत दिएको छ। आइतबार मात्रै सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भइसकेको छ। तर, त्यसलाई कार्यान्वयनको लागि चाहिने टिम अर्थात् मन्त्रिपरिषद्का सदस्यहरु भने देउवासँग छैनन्।

भन्नलाई त सत्ता गठबन्धनका नेताहरुले नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएकाले पर्खिएको बताउने गरेका छन्। उता नेपाल पक्षका नेताहरुले भने आफूहरु सरकारमा नजाने सार्वजनिक रुपमा बताइरहेका छन्। आन्तरिक कुरा जेसुकै भए पनि, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। जसले गर्दा प्रधानमन्त्री देउवाको आलोचना बढ्दै गएको छ। अर्कोतिर, महत्त्वपूर्ण मन्त्रालयहरु हप्तौंदेखि नेतृत्वविहीन भएका छन्। अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीकै पालादेखि रिक्त रहेका कैयौं मन्त्रालयले अब कहिले नेतृत्व पाउलान् भन्ने पनि आकलन गर्न सकिने अवस्था छैन।

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइ अस्वाभाविक भएको बताउँछन्, राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल। 'देउवा नेतृत्वको मन्त्रिपरिषद्को विस्तार विस्तारै होला। संसद् पुनःस्थापित भएर सरकार बनेको हुनाले हामीलाई हतारो छ। त्यो हतारो सत्ता गठबन्धनका दलहरुलाई पनि होला। तर सकसचाहिँ अस्वाभाविक रुपमा लम्बिएको देखियो,' उनले भने।

सधैंको सकस
मन्त्रिपरिषद् विस्तारमा यस्तो सकस देखिएको अहिले मात्र होइन। पछिल्ला सबैजसो प्रधानमन्त्रीले यो अवस्था यस किसिमको हैरानी भोगेका छन्। खासगरी २०६२/६३ को जनआन्दोलनपछि विभिन्न कारणले गठबन्धन सरकार निर्माण गर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि मन्त्रिपरिषद् विस्तारका लागि हप्तौं समय बित्ने गरेको छ। पहिलो संविधानसभाको निर्वाचनपछि ११ वटा सरकार गठन भइसकेका छन्। जसमध्ये एक गैरदलीय सरकार थियो। दश वटै दलीय सरकारहरु गठबन्धनका थिए।

अघिल्लो सरकारकै उदाहरण हेरौं। २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले त्यसै दिन आफ्नै पार्टीका दुई मन्त्री नियुक्त गरेका थिए। तर, एमाले र माओवादीबीच पार्टी एकताको कुरा चलिरहेको र ‘पावर सेयरिङ’मा कुरा मिल्नुपर्ने, नभए सरकारमा सहभागी नहुने प्रचण्डको अडानका कारण मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री ओलीलाई कठिनाइ पर्‍यो। बल्ल फागुन १४ मा माओवादीका दुई जनासहित ओलीले मन्त्रिपरिषद्मा चार जना थपे। त्यस्तै, चैत २ गते थप १५ जना मन्त्री नियुक्त गरे। उनको मन्त्रिपरिषद्ले २०७५ साउन १८ गते पूर्णता पाएको थियो।

अर्को उदाहरण, पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ साउन ३१ गते पहिलो पटक प्रधानमन्त्री बन्दा वरियता विवादले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा हस्ताक्षरसमेत गरिसकेको एमालेले आफ्नो तर्फबाट मन्त्रिपरिषद्‍मा सहभागी हुने नाम समेत टुंग्याएर प्रधानमन्त्री प्रचण्डलाई बुझासकेको थियो। त्यतिमात्रै होइन, २०६५ भदौ ६ गतेको मन्त्रिपरिषद् विस्तारका क्रममा सहभागिताका लागि सोही अनुसार पोसाक लगाएर एमाले नेताहरु बैठकका लागि सिंहदरबारसमेत पुगिसकेका थिए। एमालेले वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय लिएको थियो। 

तर, सिंहदरबारमा बसेको सत्ता सहयात्री तीन दलको बैठकमा माओवादीले प्रचण्डपछिको वरियतामा डा बाबुराम भट्टराई रहने अडान लिएपछि एमालेका मन्त्रीहरुले सो दिन सपथ लिएनन्। त्यसदिन माओवादी र फोरमका चार-चार मन्त्रीले सपथ खाए। भदौ १५ गते भएको दलहरुबीचको मन्त्रालय भागबण्डा अनुसार २४ सदस्यसहित मन्त्रिपरिषद्लाई पूर्णता दिइएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

झलनाथ खनाल प्रधानमन्त्री बन्दा पनि मन्त्रिपरिषद् विस्तारमा अस्वाभाविक ढिलाइ भयो। २०६७ माघ २० गते प्रधानमन्त्री निर्वाचित भएका उनले गोप्य रुपमा माओवादीसँग सात बुँदे सहमति गरेका थिए। सोही अनुसार, माओवादीलाई गृहमन्त्री दिन भने पार्टीले अवरोध गर्‍यो। सुरुवातमै चार मन्त्री पठाएको माओवादीले आफ्नो भागमा परेका अन्य मन्त्री भने पठाएन। २०६८ वैशाख २१ गते कृष्णबहादुर महरालाई गृहमन्त्रालयको जिम्मेवारी दिइएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो।

दलहरुले कस्ता व्यक्तिलाई मन्त्री बनाउने, कतिपटक बनाउने भन्ने विषयमा मापदण्ड नबनाउँदा यस्ता विवाद निम्तिने गरेको राजनीतिक विश्लेषक उद्धव प्याकुरेल बताउँछन्

प्राध्यापक पोखरेल राजनीतिक दलहरुले गठबन्धन संस्कृति सिक्दै जाँदा यस्ता सकसहरु कम हुँदै जाने बताउँछन्। 'गठबन्धनको बाटो भनेको सहज बाटो होइन। छाती चौडा गर्न सक्नुपर्छ। अर्काको मागलाई पनि सम्बोधन गर्न तयार हुनुपर्छ। गठबन्धनलाई 'तरबारको धारमाथि हिँडेको' भनिन्छ। गठबन्धन सरकार बनाउन गठबन्धन संस्कृतिको विकास हुनुपर्छ। सबै आफूले भनेका कुरा मात्रै हुँदैनन्। न नीतिमा हुन्छ, न कार्यक्रममा हुन्छ, न मन्त्रीहरुमा हुन्छ। यो कुरा सिक्नैपर्छ,' उनको भनाइ छ, 'अहिलेको जुन संविधान छ, जहाँ हामीले मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं। ढिलोचाँडो गठबन्धन संस्कृतिमा राजनीतिक दलहरु जानै पर्छ। कुनै एक दलको बहुमत 'न भूतो न भविष्यति'को कुरा हो। त्यसैले मन्त्रिपरिषद् विस्तार जस्ता विषयमा ढिलाइ हुन्छ नै। विस्तारै सिक्दै जाने कुरा हो।'

मापदण्ड नबन्दा दलभित्र किचलो
गत साउन ९ गते नरबहादुर कर्मचार्यको आठाैं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने- ‘म त अहिले मन्त्री बन्न मकहाँ दबाब दिने मान्छेहरुको हुलभित्रबाट आएको छु। आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने। हाम्रो ४९ जना सांसद् सबैलाई मन्त्री चाहिएको छ, हामीले बढी पाइयो भने सात जना।... चार पाँच दिनदेखि मचाहिँ साँच्चै एक खालको मानसिक तनावभित्र छु। सबैलाई बनाउन मन लागेको छ। ४९ जनालाई नै बनाइदिन पाए हुन्थ्यो मन्त्री। त्यो त हुँदैन फेरि।‘

प्रचण्डले बोलेको भए पनि यो सबै पार्टीको समस्या हो। कांग्रेसभित्र फरक-फरक गुटले आफ्नो पक्षको सम्मानजनक सहभागिताका लागि दबाब दिइरहेका छन्। जसपामा मन्त्री बनाउन नसकिए सांसद्हरु अर्को गुटतिर लाग्लान् भन्ने चिन्ता उपेन्द्र यादव पक्षलाई छ। यस्ता कारणले मन्त्रालय भागबण्डा र त्यसमा कसलाई जिम्मेवारी दिने भन्ने विषयले दलभित्र विवाद निम्तिने गरेका छन्। 

दलहरुले कस्ता व्यक्तिलाई मन्त्री बनाउने, कतिपटक बनाउने भन्ने विषयमा मापदण्ड नबनाउँदा यस्ता विवाद निम्तिने गरेको राजनीतिक विश्लेषक उद्धव प्याकुरेल बताउँछन्। 'एउटा व्यक्ति कतिपटक मन्त्री बन्ने, कस्तो व्यक्तिलाई मन्त्री बनाउने भन्ने मापदण्ड बनायो भने विवाद हुनै पाउँदैन। मन्त्रीका आकांक्षीहरुमा पनि मेरो पालो यतिबेला आउँछ। वा मेरो पालो पुगिसक्यो। अब म बनेँ भने म उपप्रधानमन्त्री वा प्रधानमन्त्री बन्छु भनेर आफैंले आफूलाई 'प्रोजेक्सन' गर्ने वातावरण बन्छ,' उनको भनाइ छ।

गठबन्धन संस्कृतिको लागि नेतृत्व बलियो हुनुपर्ने भए पनि अहिले नेतृत्व कमजोर भएको प्याकुरेलले बताए। नेतृत्व कमजोर हुनुमा लोकतान्त्रिक र पारदर्शी नहुनु कारण रहेको उनको भनाइ छ। 'लोकतन्त्रमा नेतृत्व त्यतिबेला बलियो हुन्छ, जतिबेला उसले प्रक्रिया पछ्याउँछ, पारदर्शी भएर निर्णय गर्छ। अहिले त्यस प्रकारको नेतृत्व देखिएन। सबै पार्टीमा त्यही हो। नेतृत्वले आफ्नो मान्छे लैजान खोजेपछि अरुले पनि दबाब दिन्छन्। सबैलाई फकाएर आफ्नो मान्छे लैजान खोज्दा अहिले ढिलो भएको हो भन्ने लाग्छ,' उनले भने।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदक... आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्