• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

तीज गीत : कहीँ नारीको स्वाभिमान, कहीँ गुनासो

64x64
धनु विश्वकर्मा बुधबार, साउन २७, २०७८  ०७:०३
1140x725

काठमाडौं- प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ अहिले ‘ट्रेन्डिङ’मा छ। सन्देश र मनोरञ्जनको ‘प्याकेज’का रूपमा गीतलाई लिइएको छ। शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको गीतमा अहिलेको पुस्ताका नारीहरूको स्वाभिमान झल्किन्छ। बर छान्ने स्वतन्त्रतालाई समेत जोड दिइएको गीतमा भनिएको छ:

डाक्टर, पाइलट, इञ्जिनियर, सुब्बा, नायक, गायक
जुन पेसाको भए पनि हुनपर्‍यो लायक
धन सम्पत्ति हेर्ने होइन, हेर्ने होइन पियार
बुढो उठोस् चिया पकाओस् भनोस् उठ डियर
कुरा बुझ्न पर्च, जसले माया गर्च, उसलाई जोवन खर्च

नेपाली संगीतमा तीज परम्परा भइसकेको छ। जेठदेखि भदौसम्म तीजका गीत सार्वजनिक हुने र घन्किने चलन बसेको छ। कोरोना कहरले पनि त्यो चलनलाई टुटाएन।

सामान्य समयमा स्टेजलाई लक्ष्य गरेर बनाइने उस्तै गीतबाट श्रोतालाई कोरोनाले मुक्ति दिएको छ। केही परिष्कृत तर धेरै तीजको मर्म बोकेका गीतहरू अहिले बजारमा आएका छन्। ती गीतको केन्द्रमा महिला छन्, चाहे स्वाभिमानको पक्षपोषण गरुन् वा बिलौना सुनाउन्।

तीजको माहोलमा नछुट्ने एक सर्जक पशुपति शर्मा हुन्। शब्दसंगीत सिर्जनासँगै प्राय: आफू पनि गाउने उनको यसपल्ट स्वर नपरेको गीत चर्चामा छ। त्यो गीतले नारी निरीहता झल्काउँछ तर चेलीलाई आफ्नो बर आफैं छान्ने स्वतन्त्रताकै वकालत गर्छ। अभिभावकको गल्तीमाथि प्रश्न उठाउने टीका पुनको स्वरमा रहेको गीत यस्तो छ:

गाउँमै जन्में, गाउँमै हुर्कें जानिनँ कि अक्कल
रूपकी राम्री भइनँ अरे पारिन रे नक्कल
अहिले आर घर न घाटको मलाई बनाइदियो
पहिले मलाई हेर्न आउँदा के हेरेको थियो
त्यसले मलाई छोडेको हो, सोझी देखेर
नकचरी आएको हो, गोजी देखेर

तीज भन्नेबित्तिकै चेलीहरू माइती आएको परिकल्पना सर्जकले नै गर्ने नै भए। त्यस्तो अवस्थामा सधैं वेदना प्रकट हुँदैन। कहिलेकाहीँ रमाइलो पनि हुन्छ। त्यही रमाइलोलाई ‘कुरा काटन’ तीज गीतमार्फत् खुमन अधिकारीले प्रस्तुत गरेका छन्। गायक अधिकारीसँग देवी घर्ती, शान्तिश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, जुना श्रीष, सरिता कार्की र सुनिता बुढाले उक्त गीतमा स्वर भरेका छन्। अधिकारी गीतमार्फत् ठट्टा गर्छन् :

Ncell 2
Ncell 2
nimb
nimb

माइत आयौ दिदीबहिनी मनका कुरा साटन
भिनाजु र ज्वाइँसाबको कुरा काटन

त्यसपछि गायिकाहरू पालैपालो आफ्नो बुढाको पेसा गीतमार्फत् प्रस्तुत गरिरहेका छन्।

तीजलाई आफ्नै अनुकूल अवसर बनाउने क्रममा दोहोरी गायनमा चर्चित टीका सानुले पनि त्यसलाई उपयोग गरिरहेकी छन्। उनले फरक-फरक गायिकासँग लाइभ दोहोरीसमेत तीजकै भाकामा गाइरहेकी छन्। त्यहाँ उनी कहिले जेठानी-देउरानी, कहिले सौता-सौता, आमाछोरी, सासुबुहारी र नन्दभाउजुको सवाल जवाफ पस्किरहेकी छन्।

गायिका सुनिता बुढा क्षेत्री र तुलसी घर्तीमगरले गाएको गीतमा भने बुढाको पिउने बानीलाई लिएर सँगीसँग गुनासो पोखेकी छन्। ‘पराइ घर’ नामक गीतमा भनिएको छ:

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घर व्यवहारले छोयो हाम्लाई भेट हुँदैन रुन्छ मन
बुढाले जाँड छोडे कि अझै खाँदै छन्
आधा रातमा आउँछन् बुढा टन्न रक्सी खाएर
सासूज्यूले बोल्ने सधैं वचन लाएर

तीजकै गीत भन्ने कुरामा दोहोरी क्षेत्रले नै नाक खुम्च्याए पनि लोक संगीतमा चर्चित ‘दाजुभाइ’ वसन्त थापा  र दुर्गेश थापाका गीत पनि चर्चामा छन्। यसपालिको तीजमा वसन्तले विवाहको छेकमा गाइने रत्यौली भाकालाई सार्वजनिक गरेका छन्।

स्थानीयस्तरमा गाइने भाकालाई टिपेका उनले सुर्खेतकी चन्द्रा सुवेदीलाई गायिका बनाएका छन्। रत्यौलीमा गीत गाइरहने सुवेदी टिकटकमा भाइरल भएपछि उनको स्वर र शब्दसमेत वसन्तले गीतमा मिसाएका छन्। ‘स्यानी माया’ नामक गीतको सुरूमै रहेको ‘ओइ भन्न नपाउँदै ...’लाई लिएर केहीले आपत्ति जनाएका छन्। गीतमा सुवेदीकै शब्द अर्ग्यानिक छन्:

जेठो जर्नेल, काइलो कर्नेल
हा बरै कान्छो चौतारीमा
घुनपुत्ला नलाओस् कहिल्यै
हा बरै तिम्रो दौतारीमा

दुर्गेश थापाले तीजको अवसरमा युवावयलाई नचाउने गीत ल्याउन थालेको केही वर्ष बितिसकेको छ। उनका गीत सधैं केही विवादित तर हिट भइरहेका छन्। त्यो क्रम यसपल्ट पनि भंग भएन। उनको ‘ख्यास्स पुतली’ नामक गीत चर्चामा छ तर उनलाई भने लोकदोहोरी क्षेत्रले बहिष्कार गरेको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले साधारण सदस्यसमेत नरहने गरी निकालेको छ।

समग्रमा हेर्दा भने तीज गीतमा यो पर्वको मर्म फर्किएको महसुस हुनसक्छ। सुनिता दुलालको स्वरमा रहेको ‘परदेशी छोरी’ले पराइ भूमिमा रहेकाले आमाको हातले पकाएको दर खान नपाएको दु:खेसोलाई समेटेको छ। मेलिना राईको ‘आयो तीजको लहर’ले संंगीसँग रमाउने मौसमलाई प्रतिविम्बित गर्छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्