• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

तीज गीत : कहीँ नारीको स्वाभिमान, कहीँ गुनासो

64x64
धनु विश्वकर्मा बुधबार, साउन २७, २०७८  ०७:०३
1140x725

काठमाडौं- प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ अहिले ‘ट्रेन्डिङ’मा छ। सन्देश र मनोरञ्जनको ‘प्याकेज’का रूपमा गीतलाई लिइएको छ। शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको गीतमा अहिलेको पुस्ताका नारीहरूको स्वाभिमान झल्किन्छ। बर छान्ने स्वतन्त्रतालाई समेत जोड दिइएको गीतमा भनिएको छ:

डाक्टर, पाइलट, इञ्जिनियर, सुब्बा, नायक, गायक
जुन पेसाको भए पनि हुनपर्‍यो लायक
धन सम्पत्ति हेर्ने होइन, हेर्ने होइन पियार
बुढो उठोस् चिया पकाओस् भनोस् उठ डियर
कुरा बुझ्न पर्च, जसले माया गर्च, उसलाई जोवन खर्च

नेपाली संगीतमा तीज परम्परा भइसकेको छ। जेठदेखि भदौसम्म तीजका गीत सार्वजनिक हुने र घन्किने चलन बसेको छ। कोरोना कहरले पनि त्यो चलनलाई टुटाएन।

सामान्य समयमा स्टेजलाई लक्ष्य गरेर बनाइने उस्तै गीतबाट श्रोतालाई कोरोनाले मुक्ति दिएको छ। केही परिष्कृत तर धेरै तीजको मर्म बोकेका गीतहरू अहिले बजारमा आएका छन्। ती गीतको केन्द्रमा महिला छन्, चाहे स्वाभिमानको पक्षपोषण गरुन् वा बिलौना सुनाउन्।

तीजको माहोलमा नछुट्ने एक सर्जक पशुपति शर्मा हुन्। शब्दसंगीत सिर्जनासँगै प्राय: आफू पनि गाउने उनको यसपल्ट स्वर नपरेको गीत चर्चामा छ। त्यो गीतले नारी निरीहता झल्काउँछ तर चेलीलाई आफ्नो बर आफैं छान्ने स्वतन्त्रताकै वकालत गर्छ। अभिभावकको गल्तीमाथि प्रश्न उठाउने टीका पुनको स्वरमा रहेको गीत यस्तो छ:

गाउँमै जन्में, गाउँमै हुर्कें जानिनँ कि अक्कल
रूपकी राम्री भइनँ अरे पारिन रे नक्कल
अहिले आर घर न घाटको मलाई बनाइदियो
पहिले मलाई हेर्न आउँदा के हेरेको थियो
त्यसले मलाई छोडेको हो, सोझी देखेर
नकचरी आएको हो, गोजी देखेर

तीज भन्नेबित्तिकै चेलीहरू माइती आएको परिकल्पना सर्जकले नै गर्ने नै भए। त्यस्तो अवस्थामा सधैं वेदना प्रकट हुँदैन। कहिलेकाहीँ रमाइलो पनि हुन्छ। त्यही रमाइलोलाई ‘कुरा काटन’ तीज गीतमार्फत् खुमन अधिकारीले प्रस्तुत गरेका छन्। गायक अधिकारीसँग देवी घर्ती, शान्तिश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, जुना श्रीष, सरिता कार्की र सुनिता बुढाले उक्त गीतमा स्वर भरेका छन्। अधिकारी गीतमार्फत् ठट्टा गर्छन् :

Ncell 2
Ncell 2
nimb
nimb

माइत आयौ दिदीबहिनी मनका कुरा साटन
भिनाजु र ज्वाइँसाबको कुरा काटन

त्यसपछि गायिकाहरू पालैपालो आफ्नो बुढाको पेसा गीतमार्फत् प्रस्तुत गरिरहेका छन्।

तीजलाई आफ्नै अनुकूल अवसर बनाउने क्रममा दोहोरी गायनमा चर्चित टीका सानुले पनि त्यसलाई उपयोग गरिरहेकी छन्। उनले फरक-फरक गायिकासँग लाइभ दोहोरीसमेत तीजकै भाकामा गाइरहेकी छन्। त्यहाँ उनी कहिले जेठानी-देउरानी, कहिले सौता-सौता, आमाछोरी, सासुबुहारी र नन्दभाउजुको सवाल जवाफ पस्किरहेकी छन्।

गायिका सुनिता बुढा क्षेत्री र तुलसी घर्तीमगरले गाएको गीतमा भने बुढाको पिउने बानीलाई लिएर सँगीसँग गुनासो पोखेकी छन्। ‘पराइ घर’ नामक गीतमा भनिएको छ:

घर व्यवहारले छोयो हाम्लाई भेट हुँदैन रुन्छ मन
बुढाले जाँड छोडे कि अझै खाँदै छन्
आधा रातमा आउँछन् बुढा टन्न रक्सी खाएर
सासूज्यूले बोल्ने सधैं वचन लाएर

तीजकै गीत भन्ने कुरामा दोहोरी क्षेत्रले नै नाक खुम्च्याए पनि लोक संगीतमा चर्चित ‘दाजुभाइ’ वसन्त थापा  र दुर्गेश थापाका गीत पनि चर्चामा छन्। यसपालिको तीजमा वसन्तले विवाहको छेकमा गाइने रत्यौली भाकालाई सार्वजनिक गरेका छन्।

स्थानीयस्तरमा गाइने भाकालाई टिपेका उनले सुर्खेतकी चन्द्रा सुवेदीलाई गायिका बनाएका छन्। रत्यौलीमा गीत गाइरहने सुवेदी टिकटकमा भाइरल भएपछि उनको स्वर र शब्दसमेत वसन्तले गीतमा मिसाएका छन्। ‘स्यानी माया’ नामक गीतको सुरूमै रहेको ‘ओइ भन्न नपाउँदै ...’लाई लिएर केहीले आपत्ति जनाएका छन्। गीतमा सुवेदीकै शब्द अर्ग्यानिक छन्:

जेठो जर्नेल, काइलो कर्नेल
हा बरै कान्छो चौतारीमा
घुनपुत्ला नलाओस् कहिल्यै
हा बरै तिम्रो दौतारीमा

दुर्गेश थापाले तीजको अवसरमा युवावयलाई नचाउने गीत ल्याउन थालेको केही वर्ष बितिसकेको छ। उनका गीत सधैं केही विवादित तर हिट भइरहेका छन्। त्यो क्रम यसपल्ट पनि भंग भएन। उनको ‘ख्यास्स पुतली’ नामक गीत चर्चामा छ तर उनलाई भने लोकदोहोरी क्षेत्रले बहिष्कार गरेको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले साधारण सदस्यसमेत नरहने गरी निकालेको छ।

समग्रमा हेर्दा भने तीज गीतमा यो पर्वको मर्म फर्किएको महसुस हुनसक्छ। सुनिता दुलालको स्वरमा रहेको ‘परदेशी छोरी’ले पराइ भूमिमा रहेकाले आमाको हातले पकाएको दर खान नपाएको दु:खेसोलाई समेटेको छ। मेलिना राईको ‘आयो तीजको लहर’ले संंगीसँग रमाउने मौसमलाई प्रतिविम्बित गर्छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्