काठमाडौं- बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ। यो प्रतियोगिता सेप्टेम्बर २५ मा काठमाडौंकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगिता सञ्चालन हुनेछ। १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरू रहेका छन्।
टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन्।
बजाज पल्सर ईपीएल २०२१ का केही स्टार खेलाडीहरुमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज)हरु सामेल रहेका छन्।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘बजाज पल्सरलाई सधै नेपाली युवाहरुले माया गरि दिनु भएको छ। हालैका वर्षहरुमा क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ। यसैले हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौं। हामीले सधैं नेपालमा खेलकुदलाई बढावा दिएका छ र वर्षीदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।