काठमाडौं – अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’को चारवटा पोस्टर सार्वजनिक भएको छन् ।
असार २९ गतेबाट प्रदर्शनको तयारिमा रहेको फिल्मको सार्वजनिक पोष्टरमा अनुप र शिल्पासँगै अभिनेता पृथ्वी राज प्रसार्ईलाई प्रश्तुत गरिएको छ।
पोस्टरमा शिल्पा पोख्रेललार्य एक्सन अवतारमा देख्न सकिन्छ । जहाँ उनि घोडा र बाँदरसँगै एक्सनलुक्समा छिन् । नारी प्रधान एक्सन जनरामा निर्माण गरिएको फिल्ममा शिल्पाको अपोजिटमा अनुप देखिने छन् । केही दिन अघि सार्वजनिक गीतमा उनिहरु शसस्त्रप्रहरीको पोशाकमा देखिएका थिए।
फिल्ममा अनुप, शिल्पाका साथमा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल लगायतका कलाकारहरुको अभिनय रहको छ।
प्राय एक्सन प्रधान अभिनय गर्दै आएका अनुप यतिबेला फिल्म कप्सको सुटिङमा छन् भने शिल्पा र पृथ्वीको मंगलम पछि प्रदर्शनमा आउन लागेको फिल्महो ‘वीराङ्गना’।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।