• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

त्रिभुवन विमानस्थलमा र्‍यापिड टेस्टको व्यवस्था नहुँदा यूएई फर्कने कामदार समस्यामा

64x64
नेपाल लाइभ शुक्रबार, साउन २२, २०७८  २२:३२
1140x725
फाइल तस्बिर

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत गुल्मीका लक्ष्मीकान्त पाण्डे गत वैशाख २ गते कम्पनीबाट छुट्टी लिएर नेपाल आएका थिए। त्यसको एक महिनापछि नै यूएईले अन्य मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगायो।

करिब तीन महिनापछि अगस्ट ५ बाट लागू हुनेगरी यूएईले नेपालसहित विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटायो। प्रतिबन्ध हटेको समाचार थाहा पाउनसाथ लक्ष्मीकान्त गुल्मीबाट काठमाडौं आए। एयर अरेबियाको 'रिटर्न' टिकट भएका उनी टिकट बुकिङका ट्राभल एजेन्सी पुगे। तर, ट्राभल एजेन्सीले यूएईका लागि टिकट बुकिङ नै सुरु नभएको जानकारी दियो। 

'प्रतिबन्ध खुलेपछि कम्पनीले तत्काल आउनू भनिरहेको छ। तर, यहाँबाट उडान नै सुरु नहुँदा समस्यामा परेँ,' पाण्डेले भने। त्यसपछि आफूले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी), विमानस्थल कार्यालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतमा फोन गरेर बुझेको बताए। तर, कतैबाट पनि यथार्थ जवाफ नपाएपछि उनी निराश बनेका छन्।

'एयरलाइन्सहरुले विमानस्थलमा र्‍यापिड टेस्टको व्यवस्था नभएसम्म टिकट बुकिङ नखुलाउने भनेर सूचना जारी गरेका छन्। टेस्टको व्यवस्था कसले गर्ने हो? कहिलेबाट हुने हो कतैबाट जवाफ पाइएन,' उनले भने। 

पाण्डेजस्तै यूएई फर्कने तयारीमा रहेका सयौं युवाले यो समस्या भोग्नुपरेको छ। करिब पाँच हजार नेपाली यूएईबाट विदामा आएको र अब फर्कन खोज्द समस्यामा परेको अनुमान छ। उनीहरुमध्ये कतिपयको तत्काल फर्कन नपाए भिसा अवधि नै सकिने समस्या रहेको पाण्डे बताउँछन्। 'म भिसा रिन्यु गरेर बिदामा आएको हुँदा भिसाको समस्या छैन। तर, मेरै कम्पनीका एक जना साथीको एक/दुई दिनमा फर्कन नपाए भिसा एक्स्पायर हुँदै छ। अरु पनि धेरै छन् यस्तो समस्या भएको,' पाण्डेले भने। होटलमा बस्नुपर्दा कोभिड संक्रमणको जोखिमसमेत भोग्नुपरेको उनको भनाइ छ।

०००

यूएईले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण लगाएको प्रतिबन्ध हटाए पनि नेपाली कामदारहरु फर्कन पाएका छैनन्। नेपालको विमानस्थलमा 'र्‍यापिड टेस्ट'को व्यवस्था नहुँदा नेपाली कामदार फर्कन समस्या देखिएको हो।

यूएईको नेसनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथोरिटी (एनसीईएमए)ले त्यहाँ आउने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र नेपालको विमानस्थलमा चार घण्टा अगाडि अनिवार्य र्‍यापिड टेस्ट गरिएको हुनुपर्ने मापदण्ड तोकेको छ। नेपालबाट उडान भर्ने एयरलाइन्सहरुले त्रिभुवन विमानस्थलमा र्‍यापिड टेस्टको व्यवस्था नभएको कारण देखाउँदै टिकट बुकिङ नखुलाउँदा बिदामा आएका नेपाली कामदारहरु फर्कन नपाएर समस्यामा परेका छन्।

Ncell 2
Ncell 2
यूएईस्थित नेपाली दूतावासले जारी गरेको सूचना।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने फ्लाई दुबाईबाहेकका विमान कम्पनीहरुबाट जाँदा समस्या नरहेको बताए। विमानस्थलमा सम्बन्धित एयरलाइन्सले नै अस्थायी रुपमा र्‍यापिड टेस्ट गरेर यात्रु पठाइरहेको उनले बताए। 'निर्माण कार्य पनि चलिरहेकोले पर्याप्त ठाउँ छैन। यात्रुको चाप हुने भएकोले टेस्ट गराउने उपयुक्त ठाउँ व्यवस्थापन गर्दैछौं। अहिले पार्किङ क्षेत्रमा राखेर एयरलाइन्सहरु आफैंले टेस्ट गरेर पठाइरहेको छ,' उनले भने।

महाप्रबन्धक तिवारीले गलत जानकारी पाएका कारण एयरलाइन्सहरुले हिजो टिकट बिक्री नगरेको बताए। 'हिजो अलि कन्फ्युज भएर एयरलाइन्सहरुले सूचना जारी गरेको रहेछ। आज दिउँसो बुझ्दा फ्लाई दुबाईबाट जाने यात्रुलाई मात्रै इन्ट्री नदिने भनेको रहेछ। नेपाल एयर, एयर अरेबियालगायत अन्य एयरलाइन्सबाट जाने यात्रुलाई समस्या छैन,' उनले भने।

नेपाल वायु सेवा निगमले टिकट बुकिङ खुला गरिएको तर अझै नीतिगत रुपमा स्पष्ट हुन नसकेको बताएको छ। 'हामीले आजबाट टिकट बुकिङ खुला गरेका छौं तर एन्टिजेन टेस्टबारे यूएई सरकारको नीतिमा अझै स्पष्ट हुन सकेका छैनौं,' निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले भने। विमानस्थलले स्थान उपलब्ध गराए परीक्षण गरेर पठाउन आफूहरु तयार रहेको उनले बताए।

टिकट बुकिङ खुलाए पनि तत्काल यूएईको उडान सञ्चालन हुनेमा अनिश्चित रहेको एयरलाइन्सका अधिकारीहरु बताउँछन्। जसले तत्काल यूएई फर्कने तयारीमा रहेकाहरु अन्योलमा परेका छन्। 

यता सरोकारवाला निकायका अधिकारीहरु भने यस विषयमा बेखबर देखिएका छन्। सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले यस विषयमा अहिलेसम्म आफूहरुलाई जानकारी नभएको बताए। उनले र्‍यापिड टेस्ट बन्द गरिएको र विमानस्थलमा राख्नै परे स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्ने बताए। सीसीएमसीको काम समन्वय गर्ने मात्र भएको उनको भनाइ छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले यो विषय मन्त्रालयले नहेर्ने बताए। 'मन्त्रालयले फ्लाइट सेड्युल मिलाउने मात्र हो, त्यो विषय सीसीएमसीले हेर्छ,' उनले भने।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  २२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोसादका लागि जासुसी गरेको भन्दै इरानमा एक व्यक्तिलाई फाँसी
सुनको मूल्य घट्यो
प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शन गर्दै भनिन् : ‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
मोसादका लागि जासुसी गरेको भन्दै इरानमा एक व्यक्तिलाई फाँसी बुधबार, चैत ४, २०८२
सुनको मूल्य घट्यो बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शन गर्दै भनिन् : ‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’ बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्