काठमाडौं- प्रभु बैंकले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले नगद काउण्टरमै श-शरिर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेशिन (सीआरएम)बाट खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो।
मेशिनबाट डेबिट क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा रहेको छ। यो सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ।
मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ।
मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथ उक्त मेशिनमा रकम जम्मा गर्ने बक्स खुल्छ। उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै रकम जम्मा हुन्छ। तत्कालै भौचर प्रिन्ट हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।