काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्यबहादुर खड्काको मृत्युबापत एक करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको छ।
कम्पनीको प्रदेश १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ मा जीवन बिमा गरेका खड्काको गत असार १५ मा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई हेलिकप्टरबाट ललितपुरमा ल्याइएको थियो।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रबीच बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेका थिए।
प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बिमाको जनचेतना र न्यूनभन्दा न्यून आयस्रोत भएका समूहमा पहँुचका लागि कटिबद्ध रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।