जाजरकोट- यहाँको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ।
भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिए। उनीहरुलाई भारत लैजानका लागि ल्याइएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट रु १५ हजार ८४० र तीन थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ।
सो सबै सामग्री अभिभावकको जिम्मा लगाइएको हो। चारै जना आफन्तसँग खबरै नगरी घरबाट भागेका थिए।
यहाँका अधिकांश बालबालिकालाई यसरी नै फकाएर भारत लगी श्रमशोषण गर्ने प्रचलन बढेपछि प्रहरीले कडाइ गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।