काठमाडौं– सरकारी तहबाट इजरायलको रोजगारीमा जाने कामदार छनोट प्रक्रियामा ठगी बढेको भन्दै वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।
विभागले सूचना प्रकाशित गर्दै इजरायलका स्याहार केन्द्रहरुमा पठाइने कामदार छनोट प्रक्रियामा निजीक्षेत्रका म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनैपनि भूमिका र संलग्नाता नरहने स्पष्ट पारेको हो।
सहयोगी कामदार छनोटमा केबल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार गरिने विभागले जनाएको छ। अन्तर्वार्ताबाट छनोट भएपछि रोष्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइने र कामदार छनोट प्रक्रिया पूर्णरुपमा निष्पक्ष हुने विभागको दाबी छ।
अनावश्यक हल्लाको पछि लागि कसैलाई पनि रकम तथा राहदानी नदिनसमेत विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।