भोजपुर– आजदेखि भोजपुर–काठमाडौं हवाई उडान सेवा पुनः सुचारु हुने भएको छ।
नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो। हवाई सेवाको भाडादर भने १ हजार ३ सय ५० रुपैयाँले वृद्धि भएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सरकारले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौंको पनि भाडा बढाएको निगमका भोजपुर प्रमुख नारायण पुरीले जानकारी दिए। बढेको भाडासहित काठमाडौं–भोजपुरको भाडा ५ हजार १ सय ३० रुपैयाँ पुगेको छ।
गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो। निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार गरी हप्तामा चार दिन उडान भर्ने गरेको छ। हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।