काठमाडौं- टिभिएस एनटर्क १२५ स्कुटरले नेपाली बजारमा ५० बजार युनिटको बिक्रीको माइलस्टोन पार गरेको छ। तीन वर्षभित्रमा स्कुटरले यो बिक्रीको अंक हासिल गरेको कम्पनीले जनाएको छ।
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो।
कार्यक्रममा बोल्दै इन्टरनेशनल बिजिनेश टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले भने, ‘हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुशी छौँ। हामी नेपालका हाम्रा ग्राहकहरुप्रति हार्दिक आभारी छौं।’
टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्ने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।