काठमाडौं- नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आफूलाई स्पष्टीकरण सोध्न र पदबाट बर्खास्त गर्नका लागि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दबाब रहेको बताएका छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकले आचरणविपरीत काम गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै भट्टराईले जनहित र लोकतन्त्रको पक्षमा बोल्दा कसरी आचरण खराब भो? भनेर प्रश्न गरेका छन्।
उनले एमाले वरिष्ठ नेता नेपालसँग चुनावी मैदानमा भेट्ने र 'हिसाब किताब' गर्ने चेतावनी दिएका छन्।
उनले आफूलाई हटाएपनि रेलवे कम्पनीका कर्मचारीलाई नहटाउन समेत चेतावनी दिएका छन्। उनले त्यसो गरे प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार हल्लिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।