काठमाडौं– नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरिबविरोधी हर्कत भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पूर्वमन्त्री साहले भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी (लाल)पुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला सरकारले गैरजिम्मेवारीपूर्ण ढंगले आयोग विघटन गरेर जनिविरोधी काम गरेको बताएका छन्।
आयोग विघटन गर्ने सरकारको कामले वर्तमान शासन प्रणाली र विधिको शासनमाथि नै गम्भीर प्रश्न खडा भएको पूर्वमन्त्री साहको भनाइ छ।
सत्ता स्वार्थका लागि बनेको 'अपवित्र गठबन्धन'को सरकार गरिब, विपन्न तथा दलितहरुको आवास निर्माणसँग सम्बन्धित जनता आवास तथा सुरक्षित नागरिक आवास कार्यक्रमप्रति समेत उदासीन रहेको साहको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।